विरौटा साझा चौतारीको पिस पोस्टर कार्यक्रम


राजाराम पौडेल, पोखरा  – लायन्स क्लव अफ पोखरा विरौटा साझा चौतारीको आयोजनामा मंगलबार पोखरामा पिस पोस्टर कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव डिष्ट्रिक ३२५ बि १ का पूर्व मल्टिपल काउन्सिल चियरपर्सन दिपक श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २० जना विद्याथीले भाग लिएका थिए । पोखराको टप्स बोडिङ स्कुलमा आयोजित कार्यक्रममा नेशनल इन्भेन्टिभ बोडिङ स्कुल, टप्स बोडिङ स्कुल, साइनिङस्टार बोडिङ स्कुल र श्री कृष्णमावीमा अध्ययनरत विद्यार्थी सहभागी भए ।

लायन्स क्लव अफ पोखरा विरौटा साझा चौतारीका अध्यक्ष सिता पहारीको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिकका पिस पोष्टर कमिटि चियरपर्सन उर्मीला श्रेष्ठ, वृक्षारोपण कमिटि चियर पर्सन बालकृष्ण बराल, लायन्स क्लव अफ पोखरा सिर्जना चौतारीका प्रथम उपाध्यक्ष जीत बहादुर थापा गोपाल, लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका सचिव शंकर पाण्डे, विरौटा साझा चौतारीका प्रथम उपाध्यक्ष रजनी कोइराला,निर्णायक संयोजक यादवचन्द्र भुर्तेल, टप्स बोडिङ स्कुलका संस्थापक रत्नमान गुरुङ लगायतले पिस पोष्टर कार्यक्रमको बारेमा बोलेका थिए ।