सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका पूर्व सांसद बालकृष्ण ढुंगेल कारागार चलान


काठमाडौं– सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका पूर्व सांसद बालकृष्ण ढुंगेललाई जिल्ला अदालत काठमाडौंले डिल्लीबजार कारागारमा थुनामा राख्न आदेश दिएको छ ।
अदालतको आदेससँगै ढुंगेललाई कारागार चलान गरिएको बताइएको छ ।

मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ढुंगेललाई सातदोबाटो बाट नियन्त्रणमा लिएर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो ।

सर्वोच्चबाट २०६६ सालमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी केन्द्रका नेता ढुंगेललाई जिल्ला अदालत काठमाडौंले फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागारमा थुन्न आदेश दिएको हो । अदालतका अनुसार ढुंगेल १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु पर्नेछ  ।