प्रदेश नम्बर ४ मा वाम गठबन्धनको उम्मेदवार बाँडफाँड टुंगियो (विवरण सहित)


पोखरा– प्रदेश नम्बर ४ का ११ जिल्लामा वाम गठबन्धनले उम्मेदवार बाँडफाँटको टुंगो लगाएको छ । उम्मेदवार छनोट कार्यदलले टुंगो लाग्न बाँकी जिल्लाको छिनोफानो गरेको हो ।

एमाले र माओवादी केन्द्रले २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ तथा केही समानुपातिक सिट बाँडफाँटलाई अन्तिम रुप दिएको हो । दुवै दलका शीर्ष नेताबीच शुक्रबारदेखि उक्त प्रदेशअन्तर्गत् प्रतिनिधि सभाका १८ र प्रदेश सभाका ३६ सिट बाँडफाँटबारे छलफल सुरु भएको थियो ।

जसअनुसार प्रतिनिधि सभाका १३ सिट एमालेको भागमा परेका छन् भने माओवादीको भागमा पाँच । प्रदेश सभातर्फ एमाले १९, माओवादी १५ र राष्ट्रिय जनमोर्चाले २ सिट पाएका छन् । कास्कीमा एक प्रतिनिधि सभासहित प्रदेशका २ सिट माओवादीले मागेको थियो । त्यसमध्ये प्रदेशका तीन सिटमा दिएको जानकारी प्राप्त भएको छ ।

माओवादीले पाएका सिटमध्ये पूर्वजिल्ला इन्चार्ज झलकपाणि तिवारीलाई कास्की १ ९क० र वर्तमान इन्चार्ज राजकाजी गुरुङलाई २ ९ख०मा टिकट दिने भएको छ । यस्तै, कास्की ३ ९क०मा रामजी बराललाई उम्मेदवार बनाउने तयारी उक्त पार्टीको छ ।

प्रतिनिधि सभामा कास्की १ बाट एमाले नेता खगराज अधिकारी, २ बाट रवीन्द्र अधिकारी र ३ बाट जगत विश्वकर्माले टिकट पाउने चर्चा छ । यद्यपि, विश्वकर्माको नाम टुंगो नलागेको स्रोतले जनाएको छ ।

हेर्नुस् कहाँ कसले पाए टिकट :

४ नम्बर प्रदेशमा वाम गठबन्धनको सिट बाँडफाँट
प्रतिनिधि सभा–१८ सिट
१३ सिट एमाले
५ सिट माओवादी
…..
प्रदेशसभा–३६ सिट
१९ सिट एमाले
१५ सिट माओवादी
२ सिट जनमोर्चा
….
प्रदेश सभा (समानुपातिक) एमालेको बन्द सूची
जनजाति महिला
१ मित्रकुमारी गुरुङ कास्की
२ गजकुमारी गुरुङ कास्की
३ सावित्रा थापा बागलुङ
४ मीनाकुमारी गुरुङ कास्की
५ मीना गुरुङ कास्की
६ पद्मा जिसी नवलपुर

जनजाति पुरुष
१ विजय गुरुङ पर्वत
२ चन्द्रमोहन गौचन मुस्ताङ
३ होम थापामगर तनहुँ
४ कृष्ण लामिछाने स्याङ्जा
५ प्रतापलाल श्रेष्ठ तनहुँ

खसआर्य महिला
१ सिर्जना शर्मा कास्की
२ प्रभा कोइराला कास्की
३ यशोदा रिमाल लमजुङ
४ पुष्पा केसी भण्डारी कास्की
५ तारा शर्मा स्याङ्जा

खस आर्य पुरुष
१ मायानाथ अधिकारी लमजुङ
२ भीम कार्की कास्की
३ मोहनलाल शर्मा बागलुङ

अपांग
भोलानाथ शर्मा पर्वत

दलित महिला
१ जुनादेवी नेपाली पर्वत
२ लक्ष्मी विक नवलपुर

दलित पुरुष
१ गोविन्द नेपाली बागलुङ
२ कृष्णकुमार नेपाली गोरखा

जिल्लामा वामपन्थीको भागबन्डा
पर्वत
प्रतिनिधि सभामा एमाले
प्रदेश सभा क्षेत्र नं १ मा माओवादी
प्रदेश सभा क्षेत्र नं २ मा एमाले

स्याङ्जा
प्रतिनिधि सभा क्षेत्र नं १ मा एमाले
१ को १ मा माओवादी
१ को २ मा एमाले
प्रतिनिधि सभा क्षेत्र नं २ मा एमाले
प्रदेश सभा २ को १ मा एमाले
प्रदेश सभा २ को २ मा माओवादी

कास्की
प्रतिनिधि सभा क्षेत्र नं १ मा एमाले
क्षेत्र १ को प्रदेश सभा १ मा माओवादी
क्षेत्र नं १ को प्रदेश सभा २ मा एमाले
कास्की प्रतिनिधि सभा क्षेत्र नं २ मा एमाले
क्षेत्र नं २ को प्रदेश सभा १ मा एमाले
क्षेत्र नं २ को प्रदेश सभा २ मा माओवादी
प्रतिनिधि सभा क्षेत्र नं ३ मा एमाले
क्षेत्र नं ३ को प्रदेश सभा १ मा माओवादी
क्षेत्र नं ३ को प्रदेश सभा २ मा एमाले

नवलपुर
प्रतिनिधि सभा क्षेत्र नं १ मा माओवादी
क्षेत्र नं १ को प्रदेश सभा १ मा माओवादी
क्षेत्र नं १ को प्रदेश सभा २ मा एमाले
प्रतिनिधि सभा क्षेत्र नं २ मा एमाले
क्षेत्र नं २ को प्रदेश सभा १ मा माओवादी
क्षेत्र नं २ को प्रदेश सभा २ मा एमाले

तनहुँ
प्रतिनिधि सभा क्षेत्र नं १ मा एमाले
क्षेत्र नं १ को प्रदेश सभा १ मा एमाले
क्षेत्र नं १ को प्रदेश सभा २ मा माओवादी
प्रतिनिधि सभा क्षेत्र नं २ मा एमाले
क्षेत्र नं २ को प्रदेश सभा १ मा माओवादी
क्षेत्र नं २ को प्रदेश २ मा एमाले


लमजुङ
प्रतिनिधि सभामा माओवादी
प्रदेश सभा १ मा एमाले
प्रदेश सभा २ मा एमाले

गोरखा
प्रतिनिधि सभा क्षेत्र नं १ मा माओवादी
क्षेत्र नं १ को प्रदेश सभा १ मा माओवादी
क्षेत्र नं १ को प्रदेश सभा २ मा एमाले
प्रतिनिधि सभा क्षेत्र नं २ मा माओवादी
क्षेत्र नं २ को प्रदेश सभा १ मा माओवादी
क्षेत्र नं २ को प्रदेश सभा २ मा माओवादी

मनाङ
प्रतिनिधि सभामा एमाले
प्रदेश सभा १ मा एमाले
प्रदेश सभा २ मा एमाले

मुस्ताङ
प्रतिनिधि सभामा एमाले
प्रदेश सभा १ मा एमाले
प्रदेश सभा २ मा एमाले

बागलुङ
प्रतिनिधि सभा क्षेत्र नं १ मा एमाले
क्षेत्र नं १ को प्रदेश सभा १ मा एमाले
क्षेत्र नं १ को प्रदेश सभा २ मा जनमोर्चा
प्रतिनिधि सभा क्षेत्र नं २ मा माओवादी
क्षेत्र नं २ को प्रदेश सभा १ मा माओवादी
क्षेत्र नं २ को प्रदेश सभा २ मा जनमोर्चा

म्याग्दी
प्रतिनिधि सभा एमाले
प्रदेश सभा १ मा माओवादी
प्रदेश सभा २ मा एमाले