बाम एकता विरुद्ध एक भएर लाग्न पार्टी नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन


पोखरा -नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाम एकता विरुद्ध एक भएर लाग्न पार्टी नेता तथा कार्यकतलाई निर्देशन दिनुभएको छ । नेपाली काँग्रेस कास्कीले शनिबार पोखरामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले बाम गठबन्धका नाममा देशमा अधिनायबाद लाद्न खोजिएको भन्दै त्यसका विरुद्ध नेपाली जनता र प्रजातान्त्रिक शक्तिहरु एक हुनुपर्ने बताउनुभयो ।

‘राष्ट्रियता कमजोर पार्ने गरि बाम गठबन्धन भएको छ, त्यसैले सवै एक हुनुपर्ने आवश्यकता छ ।’ सभापति देउवाले एकदलिय सर्वसत्ताबाद र कम्यूनिष्ट निरंकुशता लाद्ने योजना अनुसार बाम गठबन्धन भएको बताउदै –‘त्यसको अन्त्यका लागी आगामी निवाचनमा काँग्रेसका उम्मेदवारहरुलाई जिजयी गराउन आग्रह गर्दछु ।’ नेपाली काँग्रेसले देशमा प्रजातन्त्र स्थापनका लागी योगदान गरेको पार्टी भएको बताउदै उहाँले राणा शासन र पंञ्चायकका विरुद्ध संघर्ष गरेको पार्टी काँग्रेसको एक मात्र उद्देश्य प्रजातन्त्रको रक्षा हो भन्नुभयो ।

उहाँले बाम गठबन्धनका नाममा डर र त्रासको शासन स्थापना गर्ने प्रयास भएको बताउदै त्यसबाट मुक्त समाज निर्माण आफनो पार्टीले मात्रै बनाउन सक्ने दावी गर्नुभयो ।‘डर र त्रासको शासन अन्त्यका लागी काँग्रेसले जित्नुपर्छ र प्रजातन्त्रको रक्षा काँग्रेसले मात्रै गर्छ ।’ प्रधानमन्त्री देउवाले बाम गठबन्धन राष्ट्रका विरुद्धमा भएको बताउदै राष्ट्रका अगाडी आएको चुनौतीको सामना गर्नुपर्नेमा जोड दिनुभयो । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बाम गठबन्धनका नाममा अधिनायकबाद लाद्न खोजिएको बताउनुभयो । उहाँले कम्यूनिष्टहरुको दुई तिहाई ल्याएर संविधान संसोधन गर्ने सहमती गरेर संविधान फेर्ने कुरा आपत्तीजनक भएको बताउनुभयो । ‘संविधान जारी गरेर स्थायित्व, शान्ति र विकासमा अगाडी बढछौ भनिरहेका बेला मौलिक संविधान परिवर्तन गर्ने कुरा आपत्ति जनक हो ।’ नेता पौडेलले संविधानको विरोध गर्ने पनि मौलिकताको विरोध गरेनन तर संविधान जारी गर्यो भनेर भन्नेहरुले परिवर्तन गछौ भन्ने कुराले चिन्तित बनाएको छ । उहाँले बामपन्थीहरु लोकतन्त्रको भर्याङ चढेर अभिनायकबादको शिखर चुम्न खोज्छन् भन्दै विश्वबाट कम्यूनिष्ट लोप हुदै गएको बेला नेपामलमा एक हुनु राम्रो संकेत नभएको समेत बतानुभयो ।

काँग्रेस महामन्त्री डा.संशाक कोइरालाले विश्वभरि बामपन्थीहरु पलायन भएको बताउदै नेपालमा पनि उनीहरु पलायन हुने दावी गर्नुभयो । कम्यूनिष्टहरुले जनतालाई गरिव बनाएर शासन टिकाउन चाहने बताउदै जनता समृद्ध भए उनीहरु आफै पतन हुने भएकाले काँग्रेस समृद्ध बनाउने पार्टी भएको बताए । अव नेपाली काँग्रेसले समृद्ध नेपाल बनाउने भएकाले आगामी निवाचनमा काँग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । ‘समृद्ध र समुन्त बनाउने र देशको कार्यापलट काँग्रेसले गर्छ ।’काँग्रेस नेता एंव उप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले बामगठबन्धनका नाममा अधिनायकबाद तर्फ जान लागेको भन्दै सवै प्रजातन्त्रबादीहरु एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । उहाँले काँग्रेस एक भएर अगाडी बढनुपर्ने बताउदै अधिनायकबाद टिक्न नसक्ने बताउनुभयो ।

कार्यक्रममा अखण्ड पार्टीका अध्यक्ष कुमार खड्काले अखण्ड पार्टी पुरै काँग्रेसमा विलय भएको बतानुभयो । पूर्व सभाषद पोखराका उद्योगी सुर्यबहादुर केसीले आफु आजदेखि काँग्रेसमा प्रवेश गरेको घोषणा गदै निवाचनमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । काँग्रेसमा अखण्ड पार्टी, एमाले लगायत विभिन्न पार्टीबाट आएका सयौलाई काँग्रेस सभापति एव प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी सदस्यता प्रदान गदै पार्टी प्रवेश गराउनु भएको थियो । कार्यक्रममा कानुन न्याय तथा संघीय मामिला मन्त्री यज्ञबहादुर थापा, अखण्डबा पार्टीबाट काँग्रेस प्रवेश गर्नुभएका कुमार बहादुर खड्का, पूर्व सभाषद सुर्यबहादुर केसी, काँग्रेस कास्कीका सभापति कृष्ण केसी लगायतले प्रजातान्त्रिक शक्तिहरु एक जुट भएर बाम गठबन्धनलाई परास्त गनुपर्नेमा जोड दिनुभयो ।