पृथ्वीनाराण शाहकै सालिक राख्न माग गर्दै ¥याली (फोटो फिचर)


पोखरा । ट्राफिक व्यवस्थापनमा सहज पार्ने भनि रातारात फाँलिएको लखन थापाको सालिक सहितको पृथ्वीचोकको आईल्याण्ड भत्काए पछि नगरपालिकाले पुनः लखन थापाको सालिक राखेको विरोधमा आज शनिबार पोखरामा विरोध ¥याली निकालिएको छ ।

मानव अधिकार चोकबाट निस्किएको ¥यालीमा ठकुरी समाज, भाट समाज नेपाल, क्षत्री समाज नेपाल लगाएत विभिन्न जातीय संगठन, धार्मिक संघसंस्था, टोल विकास संस्था, आमा समुहहरुको सहभागिता रहेको छ।

पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापना संघर्ष समितिको आयोजनामा भएको सो ¥याली विभिन्न समुदायको भेषभुषा, बाजागाजा, भजन र्कितन, नाराजुलुस सहित पृथ्वीचोकमा पुगी सभामा परिणत भएको थियो ।


तस्विरः कृष्ण रानाभाट