नदिपुर कप सेभेन ए साईड फुटवल प्रतियाेगिताकाे अायाेजना हुने


 पाेखरा – नदिपुर फुटवल क्लवकाे अायाेजनामा पाँचौ संस्करणको नदिपुर कप सेभेन ए साईड फुटवल प्रतियाेगिताकाे अायाेजना हुने भएको छ । नदिपुर क्लवले बर्सेनि अायाेजना गर्दै अाएकाे नदिपुर कप यसवर्षदेखि क्लवका सदस्य स्वर्गीय ईन्द्र पुन र ललित पुनकाे स्मृतिमा प्रतियाेगिता हुन लागेकाे हाे ।
अागामी पुषकाे २४ देखि २९ गते सम्म नदिपुर स्थित नगर प्रशिक्षण खेलमैदानमा पाचाै सस्करणकाे नदिपुर कपकाे अायाेजना हुने नदिपुर फुटवल क्लवका अध्यक्ष शिव पाैडेलले जानकारी दिए ।  प्रतियाेगितामा बिजेताले १ लाख १ सय ११ र उपबिजेताले ५० हजार ५ सय ५५ नगद, मेडल र ट्रफी प्राप्त गर्नेछन ।
त्यसैगरी प्रतियाेिगतामा वेष्ट प्लेयर, हाई स्काेरर, वेष्ट डिफेन्स, वेष्ट किपरले मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियाेगिता सयाेजक निशान शेरचनले जानकारी दिए ।  प्रतियाेगिताकाे मुख्य प्रायाेजक नदिपुर जापान, उप प्रायाेजक नदिपुर साउदी रहेकाे क्लवका काेषाध्यक्ष अमन पुनले वताए ।