कास्की जिल्ला क्रिकेट संघको अध्यक्षमा सञ्जयकान्त सिग्देल


पोखरा – कास्की जिल्ला क्रिकेट संघको वुधवार सम्पन्न दोश्रो अधिवेशनले सञ्जयकान्त सिग्देलको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ ।नेपाल क्रिकेट संघको लामो विवाद लगाएत अन्य कारणले हुन नसकेको अधिवेशन २०७४ भदौमा सम्पन्न साधाराणसभाले गतिरोध समाप्त गर्दै विधान संसोधन गरेको थियो ।

संघको संसोधित नयाँ विधान अनुसार भएको कास्कीको अधिवेशनले कार्यसमितीको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश ओम प्रकाश श्रेष्ठ, जितेन्द्र प्रताप चन्द, चन्द्र कुमर गुरुङ्गलाई निर्वाचित गरेको छ । त्यसैगरि कार्य समितीको सदस्यमा रतन गुरुङ्ग, सुमन गुरुङ्ग, उत्सव शाक्य, अर्जुनराज अधिकारी, अशोक पालिखे, सिदार्थ श्रेष्ठ, सञ्जय नेपाल, जय प्रकाश थापा, दुर्गा वहाद्र चन्द, अर्जुन सिग्देल र भोजराज वराल रहेका छन । उनीहरुको कार्यकाल चार वर्षको रहनेछ ।

कास्की जिल्ला क्रिकेट संघको दोश्रो साधारणसभा तथा दोश्रो अधिवेशनलाई कास्की जिल्ला खेलकुद विकास समितीका अध्यक्ष याम वहादुर गुरुङ्गले उदघाटन गरेका थिए ।अधिवेशनलाई संघका केन्दिय सदस्य ऋषीराम गौतम, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक पालिखे, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्सन प्रजु, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशव पाठक, क्रिकेट संघ कास्कीका संस्थापक अध्यक्ष ऋषी सापकोटा लगाएतले पोखरामा क्रिकेट खेलको महत्व र यसले पर्यटनमा पार्न सक्ने सकारात्मक प्रभावका वारेमा मन्तव्य राखेका थिए ।कार्यक्रम संघका अध्यक्ष देवेन्द्र प्रजुको अध्यक्षतामा भएको थियो । कास्कीमा २०५१ सालमा संघ गठन भएको थियो ।