जुनियर स्नुकर टुर्नामेन्ट शुरु


पोखरा, १६ साउन
प्रथम जुनियर च्याम्पीयनसिप स्नुकर टुर्नामेन्ट पोखरामा बिहिबारदेखि शुरु भएको छ । रोयल विलियार्ड क्लव पोखराको आयोजना भएको टुर्नामेन्टमा पोखरामा स्नुकर खेल्दै आएका जुनियर १ सय ९ जनाले भाग लिएका छन् । टुर्नामेन्ट साउन २४ गते सम्पन्न हुनेछ ।
रोयल विलियार्ड क्लव बास्तोलाथर महेन्द्रपुलमा प्रतियोगिता भैरहेको छ । जुनियर खेलाडिको विकास र उत्साहको लागि प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका महेन्द्र नेपालीले बताए । ‘पोखरामा सिनियरहरुको गेम हुदै आएको थियो, हामीले पहिलो पटक आयोजना गरेका हौं’ उनले भने, ‘जुनियर भाइहरुले खेल्ने मौका दिनुप¥यो भनेकाले गेम गरेका हौं ।’
नेपालीसंगै राज गुरुङ, प्रहाल्द हिराचन र प्रवेश श्रेष्ठले प्रतियोगिताको आयोजना गरेका हुन् ।प्रतियोगिताका विजयीलाइ आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम, द्धितिय र तृतियलाई त्रमश ः नगद २०, १० र ५ हजार साथमा प्रमाणपत्र र मेडल प्रदान गरिने राज गुरुङले जानकारी दिए । स्नुकर एक–एकजनाविच प्रतिस्पर्धा हुनेछ । जसले बढि स्कोर लिन्छ उ विजयी हुन्छ ।
पहिलो दिनमा १९ वटा प्रतियोगिता भए । अनिल गुरुङले प्रविन श्रेष्ठलाइ २–१ ले विजय हाँसिल गरे । तिलक तामाङले किरण गुरुङलाई २–१, निरज वस्नेतले दिनेश दर्जीलाई २–०, धु्रवसिंह ठकुरीले हरि शर्मालाई २–०, प्रहाल्द हिराचनले केशु अधिकारीलाई २–१, हिमाल लिम्बुले दिपेश क्षेत्रीलाइ २–०, प्रमेश श्रेष्ठले सुदिप श्रेष्ठलाई २–०, धने गुरुङले सन्देश श्रेष्ठलाई २–१ ले विजय प्राप्त गरे ।
त्यसैगरी लाल छन्त्यालले कुशल पहारीलाई २–१, सुविन गुरुङले मार्को गुरुङलाई २–०, महमद मित्रुजाले दिपेन्द्र श्रेष्ठलाई २–१, कमल वि.कले नरेश गुरुङलाई २–१, महेश श्रेष्ठले रबी श्रेष्ठलाई २–१, सुरेन्द्र नेपालीले कुमार खड्कालाई २–० र बुद्ध पुनले रामबहादुर पुनलाई २–० जिते । भने सन्जु गुरुङ, दीपक गुरुङ र राजन गुरुङले वाकओभरमा बिजय हात पारे । कृष्ण न्यौपाने, विक्र तामाङ र नुनबहादुर सहभागी नभएपछि वाकओभरमा उनीहरु बिजय भएका हुन् ।
पहिलो र दोश्रो चर बेस्ट अफ थ्रि, तेश्रो चरणमा बेस्ट अफ फाइभ, पाँचौ तथा छै्रंटौ बेस्ट अफ सेभेन र फाइनल बेस्ट अफ नाइनमा हुने छ । उत्कृष्ट १६ मा पुग्नेले प्रमाणपत्र र उत्कृष्ट ८ जनाले क्लबको टिर्सट प्रदान गरिने छ । आयोजकले यस्तो खालको प्रतियोगिता ६–६ महिनाको अन्तरमा गर्ने बताएको छ । प्रतियोगिता गर्न करिव १ लाख १० हजार लाग्ने र स्पोन्सरबाट आयोजना गरिएको नेपालीले जानकारी दिए ।