प्रधानमन्त्री देउवाको माओवादी केन्द्रका मन्त्रीलाई बिनाबिभागीयमा सार्ने तयारी


काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बिनाबिभागीयमा सार्ने तयारी गरेका छन् ।

शनिबार शपथ लिएका उपप्रधानमन्त्री कमल थापासहित राप्रपाका मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी दिन यस्तो तयारी भएको हो ।

संवैधानिक अड्चनका कारण प्रधानमन्त्रीले माओवादी केन्द्रका मन्त्रीलाई सिधै हटाउन मिल्दैन । आजको कान्तिपुर दैनिकमा  खबर छ ।

माओवादी केन्द्रले आफ्नो पार्टीका मन्त्रीलाई एक दुई दिनभित्र सरकारबाट फिर्ता नबोलाए उनीहरुलाई बिनाबिभागीयमा सोरेर उपप्रधानमन्त्री थापासहित राप्रपाका चार मन्त्रीलाई मन्त्रालय तोक्ने तयारी भएको बालुवाटार स्रोतले जनायो ।