ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – आइतबार राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई महत्त्व दिएर छापेका छन् । निर्वाचन आयोगले बोली फेरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शनिबार शपथ गराएको विषयलाई सबैजसो दैनिक पत्रिकाहरुले आज पहिलो पृष्ठमा समाचार बनाएका छन् । पत्रपत्रिकाहरुले निर्वाचन आयोग पनि दलजस्तै अस्थिर देखिएको लेखेका छन् ।

समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची आज बुझाउनु पर्ने भए पनि दलहरुलाई सकस परेको छ । समानुपातिक उम्मेदवार छान्न दलहरुलाई सकस परेको खबरलाई आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

 

संसद्को अन्तिम बैठकमा शनिबार चलेको घोचपेचलाई पनि पत्रिकाहरुले आज स्थान दिएका छन् ।

यसका अलावा दैनिक पत्रिकाहरुले भुक्तानी नपाएपछि उखु किसान चिन्तित बनेको, बिटक्वाइनको कारोबारमा इ–सेवा प्रयोग गरिएको लगायत खबर आज छापेका छन् ।