अमले बचत तथा ऋण सहकारीको अध्यक्षमा पहारी


पोखरा । पोखरा लेखनाथ महानगर पालिका वडा नं. १७ छोरेपाटनमा रहेको अमले बचत तथा ऋण सहकारीको शनिबार सम्पन्न छैठौं साधारण सभा तथा तेस्रो अधिबेशनले पुनः माधब पहारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा डिल्लिराम शर्मा, सचीवमा खेमराज वराल, सहसचिवमा कृष्णप्रसाद पोख्रेल, कोषाध्यक्षमा मित्र राज वराल र सदस्य विष्णुप्रसाद वराल, मिनबहादुर थापा, पुष्पा कार्की र विजयादेवी सुवेदी सर्वसम्मत चयन भएका छन् । त्यसै गरी लेखा समितिको संयोजकमा माधब भट्टराई र सदस्यहरुमा बालकृष्ण पनेरु र शारदा भण्डारी सर्वसम्मत चयन भएका छन् ।

साथै संचालक समितिको बैठकले विभिन्न उपसमितिहरु गठन गर्ने निर्णय गरेको छ । जसमा कर्जा लगानी तथा असुली उपसमितिको संयोजकमा डिल्लिराम शर्मा, सदस्यहरुमा राजेन्द्र प्रसाद आचार्य र मदनकुमार मैनाली, शिक्षा उपसमितिमा संयोजक एकनारायण भण्डारी, सदस्यमा गणेश शर्मा र मनुराज आचार्य सर्वसम्मत चयन भएका छन् ।

कार्य समिति गठनको लागि ले. धर्मदत्त तिमिल्सिनाको संयोजकमा प्रविण पोडेल र दिव्यश्वरी रेग्मी सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो ।

 

सभामा अध्यक्ष माधब पहारीले बार्षिक प्रतिबेदन, कोषाध्यक्ष टिकाराम पोख्रेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखराका प्राचार्य बद्रीनाथ अधिकारीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा शेयर सदस्यका २०७३ सालको एसइइ उत्तीर्ण छोराछोरीहरु सुमित बाबू रिजाल, सुरक्षा रिजाल, आकृति पनेरूलाई सम्मानपत्र नगद सहित सम्मान गरिएको थियो ।

त्यसै गरि संस्थाका निबर्तमान अध्यक्ष चन्द्रप्रसाद पहारी, उत्कृष्ट बचतकर्ता तेजबहादुर गुरुङ, उत्कृष्ट ऋणी युद्धराज भण्डारीलाई सम्मान पत्र, दोसल्लाद्वारा सम्मान गरिएको थियो ।

सो अवसरमा पोलेमनपा १७ का वडा अध्यक्ष तिर्थराज अधिकारी, नमुना डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्टका अध्यक्ष टंकबहादुर कार्की, छोरेपाटन टोल सुधार समितिका अध्यक्ष चुडामणि बराल, दुर्गा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष पदम बहादुर थापा, गुप्तेश्वर महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सीता बराल, शेयर सदस्य मनुराज आचार्यलगाएतले छोरेपाटन क्षेत्रभरीमा एउटा मात्रै सहकारी भएमा राम्रो हुने बिचार व्यक्त गरेका थिए भने इन्द्रेणी बचत तथा ऋण सहकारीका अध्यक्ष सागर अधिकारीले सबै सहकारीहरुलाई समेटेर एक बनाउनको लागि अग्रणी भुमिका खेल्ने वताए ।

२०६८ सालमा स्थापना ९२ सदस्य बाट सुरु भएको सहकारीको हाल तिन सय ७९ शेयर सदस्य रहेका, शेयर पुँजी दुई करोड ४६ लाख ८४ हजार, निक्षेप संकलन दुई करोड २१ लाख ४६ हजार, सात करोड २१ लाख ४६ हजार तीन सय ७८ रहेको अध्यक्ष माधब पहारीले बताए ।

संस्थाका अध्यक्ष माधब पहारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष बिमला रेग्मी, शिक्षा समितिका सदस्य बिष्णु शर्माले सहकारीका सात सिद्धान्त बाचन र सचिव माधब भट्टराईले कार्यक्रम संचालन गरेका थिए ।