नौलो घुम्ती नेपालको साधारण सभा सम्पन्न


पोखरा । पोखरा लेखनाथ १७ सितापाइलामा रहेको नौलो घुम्ती नेपालको १८ औं साधारण सभा शुक्रबार पोखरामा सम्पन्न भयो ।

सभाको प्रमुख अतिथि कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले उद्घाटन गर्दै समाजिक संघ संस्थाहरुले राज्यको ध्यान पुग्न नसकेको स्थानमा कार्य गर्दै आएको बताउँदै संस्थाका आर्थिक गतिविधि पारदर्शी हुनुपर्ने बताए । सभाले सचिव बद्री बिनोद प्रतिक र कोषाध्यक्ष मंगल नेपालीको प्रतिबेदन सर्वसम्मत पारित गरेको थियो ।

सो अबसरमा जिल्ला जनस्वास्थ्य कास्कीका जनस्वास्थ्य अधिकृत बोधराज सुबेदी, गैसस महासंघका केन्द्रिय सचिव राम प्रसाद सुवेदी, नौलो घुम्तीका पुर्व अध्यक्ष पदमराज पहारी, एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष बिश्व मोहन गौचन, संस्थाका सल्लाहकार इन्दिरा बराललगाएतले बोलेका थिए ।

साधारण सभा कै अबसरमा संस्थाको सामाजिक परिक्षक भानु पराजुलीले सामाजिक परिक्षण गरेका थिए । संस्थाका अध्यक्ष खड्गबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रामशरण सेढाईले गरेका थिए ।