जस्तो सुकै परिस्थिति सृजना भएपनि निर्वाचन रोक्किदैन : मन्त्री थापा


पोखरा –  न्याय, कानुन तथा संघीय मामिलामन्त्री यज्ञबहादुर थापाले तोकिएकै मितिमा निवाचन हुने बताउनु भएको छ । पोखरामा सोमबारबाट सुरु विश्व कास्की सम्मेलन उद्घाटन गदै उहाँले जस्तोसुकै परिस्थितिको सृजना भएपनि निवाचन तोकिएकै मितिमा हुने बताउनुभयो । ‘निवाचन हुन्छ, जस्तो सुकै परिस्थिति सृजना भएपनि रोक्किदैन् ।’

मन्त्री थापाले संविधान कार्यान्वयका लागी निवाचन हुनुपर्ने बताउदै उहाँले संसदको म्याद सकिन लागेकाले निवाचन सम्वन्धि सवै कानुन तत्काल पारित गरिने बताउनुभयो । उहाँले राष्टिय निवाचन कानुनका बारेमा दलहरु वीच मतभिन्नता रहेको बताउदै संसदको म्याद किने अवस्था भएकाले कानुन पास हुुनुपर्छ भन्नुभयो । उहाँले गैर आवासीय नेपालीहरुले उठाएका मागलाई पुरा गराउन सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

पूर्वमन्त्री खगराज अधिकारीले पोखराको विकासमा सवैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यहाँको पर्यटन क्षेत्रको विकास, जलविद्युत लगायतका क्षेत्रमा लगानी गर्न सवैलाई आग्रह गर्नुभयो । कार्यक्रममा बोल्ने एनआरएन पराष्ट सल्लाहकार खगेन्द्र जिसीले गैर आवासीय ऐन परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

गैर आवासी नेपालीले पाउनुपर्ने सुविधान पाउन नसकेको भन्दै नागरिक ऐन पनि परिर्वतन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गैरआवासीय नेपाली अन्तराष्टिय समन्य परिषद्का सचिव अर्जुन श्रेष्ठ, त्रिलोक गुरुङ, एशिया प्यासिफिक क्षेत्रका संयोजक शिवप्रसाद पौडेल, एनआरएन यूकेका अध्यक्ष मुक्षेत्र गुरुङ, एनआरएन अभियान्ता सन्तोष भटराई, विल गुरुङ लगायतले आफनो क्षेत्रको विकासका लागी सवै एक जुट हुनुपर्नेमा जोड दिनुभयो । मंगलबार सम्म चल्ने सम्मेलनले आगामी दुई वर्षका लागी नयाँ कार्यसमिति चयन गर्ने छ ।