निर्वाचन आयोग मंसीर १० र २१ गते हुने निर्वाचन तयारीमा व्यस्त


काठमाण्डौ – निर्वाचन आयोगले मंसीर १० र २१ गते हुने निर्वाचनका लागि व्यवस्थापकीय र प्राविधिक तयारीलाई तीव्रता दिएको छ ।

आयोगका अनुसार दुई चरणको निर्वाचनका लागि निर्वाचनको तयारीको कार्यतालिका अनुसार जनशक्ति व्यवस्थापन, निर्देशिका तयार गर्ने कार्य अघि बढाएको हो ।

निर्वाचनमा आवश्यक पर्ने ६४ प्रकारका निर्वाचन समाग्रीको व्यवस्थापन, तालिम, प्रशिक्षण र खटनपटनलगायत कार्यलाई आयोगले तीव्रता दिएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।