निर्वाचनमा उम्मेदवारी दिन राजदूत उपाध्यायको राजिनामा


काठमाण्डौ – कार्यकाल पूरा हुनुभन्दा तीन बर्षअघि नै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन् ।

अघिल्लो पटक भारतका लागि राजदूत हुँदा तत्कालीन सरकारले उनलाई जबरजस्ती फिर्ता बोलाए पनि अहिले भने आफ्नै स्वार्थ का कारण उनले राजदूतको पद त्याग्ने निर्णय गरेका हुन् ।

आगामी निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले राजदूत नियुक्त भएको बर्ष दिनमै राजीनामा गरेका हुन् ।

कपिलवस्तु निर्वाचन क्षेत्र १ (कांग्रेस)बाट केन्द्रको निर्वाचनका लागि उम्मेदवारमा उनी सिफारिसमा परेका छन्  । आजको नागरिक दैनिकमा खबर छ ।