नेपाल्स टप मोडल सिजन ३ को अडिसन हुदै


राजाराम पौडेल, पोखरा – पस्था इन्टरटेनमेन्टको आयोजनामा तेस्रो संस्करणको नेपाल्स टप मोडल प्रतियोगीता हुने भएको छ । जसको पहिलो अडिसन यहि आश्विन २८ गते युनाइटेड वल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा हुने कार्यक्रम संयोजक प्रशान्त श्रेष्ठले जनाए । यो प्रतियोगीता मोडलिङ क्षेत्रमा अगाडी बढ्न चाहनेहरुको लागि राम्रो अवसर हुने उनले बताए । फोटो सुट गर्दै मोडलिङ क्षेत्रको बारेमा जानकारी दिदै प्रतियोगीमा निखारता थप्ने आयोजकको तयारी छ ।

अडिसनमा भाग लिन युवाको लागि न्युनतम ५ फिट ४ इन्च हाइट हुनुपर्नेछ । युवतीको हकमा भने न्युनतम ५ फिट सम्मको हाइट हुनेले प्रतियोगीतामा भाग लिन पाउनेछन् । न्युनतम एस एल सी उत्रीर्ण विवाहित तथा अविवाहित युवा तथा युवतीले भाग लिन सक्ने प्रतियोगीतामा उमेर भने न्युनतम् १६ वर्ष हुनुपर्नेछ । ३० दिनको तालिम पश्चात अन्तिम प्रतिष्पर्धामा उतारीने आयोजकको भनाइ छ । प्रतियोगीताको ग्राण्ड फिनाली मंसिर २२ गते शुक्रबार काठमाण्डौमा भव्य कार्यक्रमकाबिच हुनेछ ।