ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – शुक्रबार राजधानीबाट प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले यो विषयलाई प्राथमिकताका साथ छापेका छन् । पत्रपत्रिकाहरुले लेखेका छन्– कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका अधिकांश सदस्यले प्रधानमन्त्री देउवालाई माओवादी मन्त्री हटाएर मात्र मन्त्रिपरिषद् बैठक डाक्न दबाब दिएका छन् ।’

 

चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. गोविन्द केसीले १३ औंपटक अनसन सुरु गरेको विषयलाई पनि पत्रपत्रिकाहरुले आज उत्तिकै ‘कभरेज’ गरेका छन् ।

त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रीपाल सिरेनाको यही महिनाको अन्तिमका लागि प्रस्तावित भ्रमण रोकिएको खबर पनि आजका पत्रपत्रिकाहरुमा छन् । पत्रपत्रिकाहरुले लेखेका छन् – नेपालमा अप्रत्यासित रुपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण भएपछि उत्पन्न परिस्थितिका कारण यी दुई उच्चस्तरीय भ्रमण तत्कालका लागि नहुने भएका हुन् ।

यसका अलावा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको दलको तयारी, आयल निगममा भएको इन्धन घोटालालगायत विषयलाई पनि आजका पत्रपत्रिकाहरुले उठाएका छन् ।