नेकपा एमाले कास्की निर्बाचन क्षेत्र न २ बाट रबिन्द्र अधिकारी सर्बसम्मत


पोखरा – प्रतिनिधि सभा निर्बाचनको लागि नेकपा एमाले कास्की निर्बाचन क्षेत्र न २ बाट रबिन्द्र अधिकारी सर्बसम्मत सिफारिस भएका छन् । संसदको विकास समितिका सभापति समेत रहेका अधिकारी बिहीबार नेकपा एमाले क्षेत्र न २ को बैठकबाट सर्बसम्मत उम्मेदवार चयन भएका हुन।

प्रदेश सभामा नेकपा एमालेको तर्फबाट कास्की निर्बाचन क्षेत्र न २ ‘क’ मा कृष्ण थापा, धनराज आचार्य, हिरा गिरी सिफारिस भएका छन् । त्यसै गरि प्रदेशसभा नेकपा एमाले कास्की निर्बाचन क्षेत्र न २ ‘ख’ बाट प्रभा कोइराला, सन्जिब बहादुर कोइराला र दान बहादुर बानिँया सिफारी भएका छन् ।

त्यसै गरि यसअघि कास्की क्षेत्र न १ बाट प्रतिनिधि सभाको लागि पुर्वमन्त्री खगराज अधिकारी र ३ न क्षेत्रबाट जगत बिक , जगन्नाथ बास्तोला र उमा कोइराला सिफारिस भएका छन् । कास्की क्षेत्र न १ ‘क’ बाट प्रदेश सभाको लागि दिलिप न्यौपाने, टिकाराम पगेनी र सरिता कुमाललाई एमालेले केन्द्रमा सिफारी गरेको छ । क्षेत्र नम्बर १ ‘ख’ बाट प्रदेश सभाको लागि मनबहादुर गुरुङ, बसन्त बराल सिफारी भएका छन् ।

प्रदेश सभा कास्की क्षेत्र न ३ ‘क’ बाट नारायण बास्तोला, दल बहादुर गुरुङ र सरस्वती अधिकारी छन् भने प्रदेश सभा कास्की क्षेत्र न ३ ‘ख’ बाट राजिब पाहारी, दामोदर बैरागी र देबका पहारी रहेका छन्।