फ्यामिलिया दे हेटौडाले पाँचौ बार्षिकोत्सव स्पेनमा मनाउँदै  


बार्सिलोना/ फ्यामिलिया दे हेटौडाले पाँचौ बार्षिकोत्सव स्पेनको बार्सिलोनामा एक कार्यक्रमका बिच मनाउने भएको छ।मकवानपुरको हेटौंडा नगरपालिका-६ गौरीघाटमा बौद्धिक अपांगता भएका बालबालिकाहरुलाई आशा स्कुल संचालन गरेर परोपकारी काम गर्दै आएको गैर सरकारी संस्थाले बार्षिकोत्सव मनाउन लागेको हो।

स्पेनबाट नेपाल पुगेर बौद्धिक अपांगता भएका बालबालिकाहरुको साहारा बनेकी आईनाले आगामी नोभेम्बर २६ तारिख बार्सिलोनामा कार्यक्रम गर्ने बताईन्। उनले भनिन्,”स्पेनमा फ्यामिलिया दे हेटौडा रजिष्ट्रर भएको पाँच बर्ष पुग्यो। मेरो परिबार साथीभाई तथा बिशेष गरी नेपाली समुदायको हौसलाले नै काम गर्ने प्रेरेणा मिलेको छ,त्यसैले दुख सुखलाई यतै साट्दै पाँचौ बर्षको कार्यक्रम आयोजना गर्दै छौ।” स्पेनमा रजिष्ट्रर भएको संस्था नेपालमा पनि “हेटौडेली परिबार” नामक गैर सरकारी संस्थाको रुपमा दर्ता भएको छ।

कार्यक्रममा स्पेनिस तथा नेपाली समुदायको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ। स्थानीय नेपाली कलाकारहरु तथा गसपेल ग्रुपको प्रस्तुति रहने आईनाले जानकारी दिईन्।   

आशा स्कुलमा हाल २९ जना बौद्धिक अपांगता भएका बालबालिकाहरुले अध्ययन गरिरहेका छन्। हेटौंडाली परिबारले दुर्गम गाउँ तथा घरमा राम्रो हेरचार हुन नसक्ने अबस्था रहेका अशक्त बालबालिकाहरुलाई छात्राबासको समेत ब्यबस्था गरेको छ। एनआरएनको सहयोग पुगे पछि बालबालिकाहरुका लागि स्कुल बसको समेत ब्यबस्था रहेको छ।

झन्डै ६५ लाखको खर्चमा नयाँ भवन बन्दै:-

स्कुलमा आउँन धेरै बालबालिकाहरु ईच्छुक रहेकाले नयाँ भबन समेत निर्माण भईरहेको आईनाले जानकारी दिइन् । उनले भनिन्, ‘केहि महिनाभित्र नयाँ भबन पनि बनिसक्ने छ, त्यसपछि हामीले ५५ जना बालबालिकाहरुलाई पढाउँने क्षमता राख्ने छौ । आशा गरौं अब छिट्टै नै अन्य बालबालिकाहरुलाई पनि पढाउँन पाउँने छौं ।’

निर्माणधीन भवनमा ४ बटा कक्षासहित फिजियोथेरापीका लागि २ बटा छुट्टै कोठाहरु हुने छन् भने किचन, डाईनिङ्, शिक्षक तथा कार्यलयकक्षको छुट्टै व्यबस्था रहने छ । आईनाका अनुसार नयाँ भवनका लागि ४१ लाख रुपैयाँ खर्च भईसकेको छ,बाँकी २० देखि २४ लाख रुपैयाँ रकम अपुग रहेको छ। उनले भनिन्,”हामी सँग रकम छैन तर पनि सबैको सहयोग मिल्ने आशाले काम गरिरहेका छौ।” पाँचौ बर्षको उपलक्ष्यमा हुने कार्यक्रममा भवन निर्माणका लागि दाताहरुले सहयोग गर्ने अपेक्षा हेटौडेली परिबारले राखेको छ।

कार्यक्रमबारे पूर्ण बिबरण:-

  • मिति:-२६ नोभेम्बर, २०१७,आईतबार
  • स्थान:- Calle de Rector Triado 53,  08014
  • समय:- साँझ ५ बजे देखि
  • प्रबेश शुल्क:- १० युरो