लाप्राक,एनआरएन भवन,भिजन २० -२० लाई साथ दिन मेरो उम्मेदवारी:-रञ्जु थापा


काठमाडौ/ गैर आवासीय नेपाली संघको आठौ अन्तराष्ट्रिय महाधिबेशनमा अष्ट्रेलियाकी रञ्जु वाग्ले थापाले महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्। संघको प्रबक्ताको जिम्मेबारी निभाईसकेकी थापाले महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिएकि हुन्। उनि एनआरएन अभियानमा प्रष्ट बक्ता भएकी महिला नेतृको रुपमा परिचित छन्।

राष्ट्रिय समन्वय परिषद अष्ट्रेलियाको संस्थापक महिला उपाध्यक्ष हुदै थापा दुई पटक सम्म अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत महिला उपसंयोजक बनिन्। यस्तै सन् २०११- २०१३ मा महिला संयोजक हुँदै २०१३- २०१५ मा थापाले सचिवको भूमिका निर्बाह गरिन् भने हाल संघकी प्रबक्ता हुन्। थापाले आफ्नो उम्मेदवारी बारे भनिन्,”म एनआरएन अभियानमा निरन्तर रुपमा सक्रिय छु,आँफूले गरेको काम र अनुभवका आधारमा पनि एनआरएनको महिला उपाध्यक्षमा मेरो दाबी स्वभाबिक हो भन्ने ठानेकी छु,यसमा अग्रजहरुको साथ तथा गैर आबासीयहरुको मत प्राप्त हुने बिश्वास लिएकी छु।”थापाले उम्मेदवारका ठुला ठुला व्यक्तिगत एजेण्डाहरु भन्दा पनि संघको एजेण्डा नै आफ्नो मुख्य एजेण्डा रहेको बताईन्। उनले भनिन्,”लाप्रक नमुना बस्ती निर्माण,एनआरएन भवन निर्माण,भिजन २०-२० जस्ता संघका मूलभूत उदेश्यहरुमा साथ र समर्थन रहने छ,यी सबै पूरा गर्न आफ्नो जिम्मेबारी निर्बाह गर्ने छु।”

संघको आठौ अन्तराष्ट्रिय महाधिबेशन तथा बिश्व सम्मेलन अक्टोबर १४ देखि १७ तारिख सम्म काठमाडौमा हुँदै छ।