एनआरएनए कोषाध्यक्षमा हिक्मत थापाले पुनः उम्मेदवारी दिने


गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोषाध्यक्षमा हिक्मत थापाले  पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् ।आगामी अक्टोवरको दोस्रो साता हुने संघको आठौ अन्तराष्ट्रिय महाधिबेशनमा थापाले  पुनः उम्मेदवारी दिन लागेका हुन्।

बर्तमान कार्यसमितिका कोषाध्यक्ष थापाले विहीवार एक विज्ञप्ति जारी गर्दै दोस्रो कार्यकालको लागि उम्मेदवारी घोषणा गरेका छन्।
अफ्रिका महादेशमा गैरआवासीय नेपाली संघको विस्तारमा उनले भुमिका महत्वपुर्ण रहेको छ। एनआरएनए नाइजेरियाका संस्थापक अध्यक्ष, दुई कार्यकाल नाइजेरियाको अध्यक्ष र दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक रहेर काम गरेको थापासँग अनुभव रहेको छ ।
संघको ८ औं अन्तराष्ट्रिय महाधिबेशन तथा विश्व सम्मेलन अक्टोवर १४ देखी १७ सम्म काठमाण्डौंमा हुदैंछ ।