दशैको सामाजिक, सांस्कृतिक र बैज्ञानिक महत्व


पोखरा – हिन्दू हरुको बिशेष चाडको रुपमा मानिने दशै चाड नेपालीहरु को प्रमुख चाडको रूपमा मानिन्छ । राष्ट्रीय चाड समेत मानिने दशै हिन्दू धर्मालम्बीहरुले आश्विन शुक्ल प्रतिपदादेखी नवमीसम्म शक्तिकी देबी दुर्गामाता को पुजाआराधना गरी दशमी को दिन दशमीको टिका – प्रसाद ग्रहण गर्ने गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येकदिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी,चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती(चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतिको विशेष पूजाआजा र आराधाना गरिन्छ । विजयादशमीको दिन महिषासुर राक्षसको बध, श्रीरामले रावणमाथि विजय प्राप्त गरेको दुर्गाले दैत्य चण्ड-मुण्ड तथा शुम्भ-निशुम्भलाई बध गरेको खुसियालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ ।
अष्विन शुक्ल प्रतिपदाको दिन लाई घटस्थापना भनिन्छ । यसै दिन देखी नबरात्री आरम्भ हुन्छ । यस दिन घट कलशको स्थापना गरी देबी-देबता हरुलाई स्वागत गरिन्छ । यसै दिन चोखो पञ्चमाटो वा बालुवा ल्याई दशै घर अथवा पुजा कोठामा राखी जमरा उमार्न जौ अथवा गाउघरमा चली आएको अन्न छरिन्छ । दुर्गा मातालाई मन पर्ने बनस्पति जमरा पनी भएकोले जमरा उमार्ने गरिएको हो ।
हाम्रो धर्म संस्कृति अनुसार घट कलशमानै सम्पूर्ण देबी-देबता, सप्तद्वीप, सप्तसागर, सम्पूर्ण तीर्थहरु निहित छन । जुन कुरा कालीका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ। यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ। यिनैआधारहरूका कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्तसागर, सप्तद्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो ।
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्‍योधने।

दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥

भाबर्थ

द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस् भनी मान्यजनबाट आशीरबाद लिइन्छ ।
सामाजिक महत्व

दशै पर्ब नेपाली हरुको सबै भन्दा बिशेष पर्ब हो । दशै आश्विन शुक्लपक्ष प्रतिपदा घटस्थापना देखि सुरु भएर कोजगात पूर्णिमा सम्म (१५दिनलाई) बिजया दशमी अथवा दशै भनिन्छ । असत्य माथी सत्य को बिजय भएको रुपमा यो चाड लाई मानिन्छ । आफ्ना नाता कुटुम्ब , ठुलाबडा , मान्यजनहरु बाट टिका तथा जमरा लगाई आशिर्बाद ग्रहण गरिन्छ । आफ्नो क्षमता अनुसार मिठो खाने खुवाउने , राम्रो लाउने ,घर आँगन ,बाटो घाटो ,गाऊ टोल सफा सुग्गर राख्ने जस्ता कार्य एहि दशैमा गरिन्छ ।
नेपाल कृषि प्रधान देश हो , कृषक हरुले आफ्नो खेत बरिमा लगाएको फसल घरघरमा ल्याई सकेको हुन्छन । यस समयमा कृषक एक किसिमले पुर्ण रुपमा खाली भएको हुन्छ ।बर्खाभरीको हिलाम्मे सरीर यस बेला सुकिलो हुदै घर भरी अनाज हुदा उसको खुसी को सीमा नै हुदैन । यसै खुसीको खुसीको अबसरमा नै भगवान को कृपा मानी देबी देबता को पूजा गरी दशैलाई अरु बिशेष रुपमा मनाइन्छ ।
बिभिन्न किसिमका रमाइलो गर्ने पिङ्ग खेल्ने साथी संगी आफन्त हरु सँग भेटघाट गर्ने हुदा एक आफन्तमा भाईचारा को सम्बन्ध बढ्दै जाने गर्दछ । बिजया दशमी बिशेष चाड भएकोले सयउ कोष टाडा रहेका आफन्त हरु पनि परिवार सँग मिल्न एहि दशै को समय लाइ उत्तम मान्दछन ।

बैज्ञानिक महत्व

मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ । मजिठोको रातो रङमा गाईको दूधको दहीले रंगाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ । बिजया दशमीको दिन देखी कोजागत पुर्णीमा को दिनसम्म टीका-प्रसाद ग्रहण गरे पछि बचेका अंकुरित जमराको रस बनाएर खानाले असाध्य रोगहरू पनि निको हुने कुरा वनौषधिविज्ञहरूको छ। जौका जमरालाई महौषधि भनिएको छ । निधारमा विजयादेवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ । जमराबाट शीतलता प्राप्त हुन्छ । विभिन्न रोग व्याधि र कष्टहरू मेटिएर जान्छन् । अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ यसर्थ स्वास्थ्यको लागि अति उत्तम मानिन्छ ।