काटि हेर दुबैमा, बग्छ रातो रगत (कबिता)


– हेमन्त रानाभाट
कोषाध्यक्ष एन.आर. एन. ए, स्पेन

नेपालकी छोरी म नाच्ने गाउने रहर ,
बर्ष दिन कुरेर “आयो बरै तिजको लहर” ।
गाउ  पुरै  घुमेर साथी संगी भेट्नु  छ ,
संगालेको रहरलाई नाची गाइ मेट्नु छ ।
भृकुटी र सिता जस्तै म नि हु त्यहि चेली,
नराख न मलाई मात्र चुलो चौका सम्हाली ।
लोकले श्रदा गर्ने आमा, सृष्टि विधाता हुन् नारी,
यहि नारीका छोरी हामी, किन भयौ भारी ?
छोरा-छोरी भेदभाब, हटाइ देउ न अब त,
नपत्याए काटि हेर दुबैमा , बग्छ रातो रगत ।।

तपाईको प्रतिक्रिया