एनआरएन युवा संयोजकमा डेनमार्कका लोकराज शर्माको उमेम्दवारी


बार्सिलोना/गैर आबासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषद् अन्तर्गत युवा संयोजक पदमा डेनमार्क निबासी लोकराज शर्माले उमेम्दवारी घोषणा गरेका छन्। स्विडेनमा युथ फोरमको गठन गर्दै शर्माले उमेम्दवारी घोषणा गरेका हुन्। शर्माले अन्तराष्ट्रिय समन्वय परिषद् अन्तर्गत बर्तमान कार्यसमितिका युवा उप-संयोजकको जिम्मेबारी निर्बाह गरिरहेका छन्।

उनि सन् २०१३–१५ को कार्यकालमा राष्ट्रिय समन्वय परिषद डेनमार्कको युवा संयोजकमा थिए भने  २०१५–१७ को ग्लोवल सम्मेलन मार्फत युवा उप-संयोजकमा निर्बिरोध निर्बाचित भए। शर्मा गैर आबासीय नेपाली संघको सामाजिक उद्धमशिलता विकास कार्यदलका अध्यक्ष समेत हुन् ।

युवा उप-संयोजकको जिम्मेबारी पछि काठमाडौमा अन्तराष्ट्रिय युवा सम्मेलन सम्पन्न गर्न शर्माले महत्व पूर्ण निर्बाह गरेका थिए। यसै गरी बिभिन्न परोपकारी,सामाजिक क्षेत्रमा पनि उनको योगदान रहेको छ। एनआरएन लगुवित्त कार्यक्रम ,अपांगता सशक्तिकरण कोष मार्फत दृष्टीविहिनहरुका लागि कार्यक्रम, नेपालको व्लड बैंकलाई प्रभावकारी र आधुनिक बनाउने जस्ता महत्वपूर्ण कार्यक्रममा शर्माले भूमिका निर्बाह गरेका छन्।

आगामी अक्टोबर १४ देखि १७ सम्म गैर आबासीय नेपाली संघको आठौ बिश्व सम्मेलन काठमाडौमा हुँदै छ।