बेल्जियमका गंगाधर गौतम युरोप संयोजकमा भिड्ने


बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमका निबर्तमान अध्यक्ष गंगाधर गौतमले युरोप संयोजकमा उमेम्दवारी घोषणा गरेका छन्। संघको आठौ बिश्व सम्मेलनमा गौतमले युरोप संयोजक पदमा चुनाव लड्ने भन्दै उमेम्दवारी घोषणा गरेका हुन्।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको उपाध्यक्ष,सल्लाहकार हुँदै गौतमले सन् २०१५-२०१७ को नेतृत्व समेत सम्हालेका थिए। गौतम काँग्रेस निकट नेपाली जनसम्पर्क समितिमा लामो समय देखि सक्रिय छन्। आँफूले चुनाव जितेमा अन्तराष्ट्रिय समन्वय परिषदले थालेको लाप्रक नमुना बस्ती, एनआरएन भवन तथा भिजन २०-२० लगायतका एजेन्डाहरुलाई पूर्णता दिन युरोप क्षेत्रबाट बलियो आधार तय गर्ने गौतम बताउँछन्।

आगामी अक्टोबर १४ देखि १७ सम्म गैर आबासीय नेपाली संघको आठौ बिश्व सम्मेलन काठमाडौमा हुँदै छ।