आइटिएफ टेनिस डबल्समा भारतका शुक्ला र कुवरको जोडिलाई उपाधि


पोखरा –  कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटिएफ सिनियर सर्किट टु टेनिस प्रतियोगिताको ३५ वर्ष माथिको डबल्समा भारतका कमलेश शुक्ला र अभिनास कुवरको जोडिले उपाधी जितेको छ । पोखरा रंगशालामा बिहीबार भएको सेमिफाइनल खेलमा भारतकै दिलिप मोहंति र स्वर्णदिप सिङ्ग ढोंढीको जोडिमाथि ३–६, ६–४ र सुपरटाईमा १०–८ को कठिन सेटमा पराजित गर्दै कमलेश जोडिले सो उपाधीमा आफ्नों नाम लेखाएको हो ।

४५ वर्ष माथिको डबल्सतर्फको उपाधी भारतकै भारतका नारायण मूर्ती र हतिन्द्र पानवारको जोडिले जितेको छ । फाइनल खेलमा नेपालका बिनोद कायस्थ र भारतका बिनोद सेटको जोडिलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गर्दै नारायण जोडिले सो उपाधी जितेको हो ।

प्रतियोगिता अन्र्तगत एकल तर्फको फाइनल खेलहरु शुक्रबार हुने भएको छ । बिहिबार विहानैदेखि खेल हुने भनिएपनि वर्षातका कारण खेल रोकिन पुग्दा एकलतर्फको खेल सम्भव नभएको आयोजक संघ कास्कीले जनाएको छ । शुक्रबार बिहान ३५ वर्ष माथिको एकल उपाधीका लागि दुई भारतिय खेलाडी दिलिप मोहंती र कमलेश गुप्ता भिड्ने भएका छन् ।

४५ वर्ष माथिको एकलमा पनि दुई भारतिय खेलाडी बिनोद सेट र नारायण मुर्ती विच फाइनल हुने भएको छ । त्यसैगरि ५५ वर्ष माथिक एकलतर्फ नेपालका मनोज राणा र भारतका ई.पुनित कुमार गुप्ताविच प्रतिस्पर्धा हुने संघ कास्कीका सदस्य प्रिति बरालले जानकारी दिइन् ।