पोखराको विन्ध्यवासिनी मन्दिरमा बिहीबारदेखि नवदुर्गा महोत्सव शुरु


?

पोखरा – पोखराको विन्ध्यवासिनी मन्दिरमा बिहीबारदेखि नवदुर्गा महोत्सव शुरु भएको छ । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञ वहादुर थापाले महोत्सवको शुरुवात गरे । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा शुरु भएको सो महोत्सव असोज १३ गते महानवमीको दिनसम्म संचालन हुनेछ ।

महोत्सवको शुभारम्भपछि विन्ध्यवासिनी मन्दिरवाट नवदुर्गाका नौ रुपको झांकी, एकसय आठ कलस सहितको नवदुर्गा शोभायात्रा निकालिएको थियो । शोभायात्रा मोहरिया टोल, नालामुख, चिप्लेढुंगा, महेन्द्रपुल, पालिखेचोक हुंदै विन्ध्यवासिनी मन्दिरमा पुगेर सम्पन्न भएको थियो ।

शोभायात्रामा विभिन्न भजन समूह, जातीय भेषभूषा, सांस्कृतिक झांकीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह तथा विभिन्न धार्मिक , सामाजिक र शैक्षिक संघसंस्थाहरुको सहभागिता रहेको छ ।

विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भाव तथा धार्मिक पर्यटनको विकासमा टेवा पुग्याउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले बताए । महोत्सवमा आजदेखि मन्दिर परिसरमा श्रीमद्भागवतदेवी ज्ञान महायज्ञ समेत हुनेछ । समितिका अध्यक्ष गणेश वहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।