पोखरालाई स्मार्ट सिटी बनाउन जापानीज संस्था सगँ सम्झौता


पोखरा –  पोखरा लेखनाथ महानगर पालिकाले पोखरालाई स्मार्ट सिटी बनाउन अध्ययनका लागि जापानीज संस्था सगँ सम्झौता गरेको छ । पोखरा लेखनाथ महानगरपालिका र जापानको न्यु आइटी भेन्चर कर्पोरेसन बिच बुधबार पोखरामा सम्झौता भएको हो । पोखरा महानगरका कार्यकारी अधिकृत दीर्घ नारायण पौडेल र न्यु आइटि भेन्चरका कार्यकारी निर्देशक तदासी मोरी बिच सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार न्यु आइटी भेन्चरले दुई वर्षमा पोखरालाई कस्तो स्मार्ट सिटी बनाउने भन्ने बारेमा अध्ययन गरि प्रतिबेदन पसे गर्ने छ । कम्पनीले सहरी सरककारी स्वामित्वका सुचना संयन्त्रहरु कसरी राख्ने, सामाजिक सेवा र सूचनाकेन्द्र, स्कुल पुस्तकालय र थप शिक्षा प्रणाली, हस्पिटल बीमा र उपचार प्रणाली, यातायात प्रणाली, उपयोगिता व्यवस्थापन, उर्जा व्यस्थापन, कानून लागु गर्ने लगाएतका विषयमा अध्ययन गरि प्रतिबेदन बनाएर बुझाउने कम्पनीका कमल अधिकारीले जानकारी दिए ।

अध्ययन पछि पोखरालाई स्पार्ट सिटी हव, शहरमा कस्तो प्रविधि भित्राउने र के के गरेर पोखरालाई स्मार्ट सिटि बनाउने भन्ने बारेमा योजना बनाउने महानगरका कार्यकारी अधिकृत दीर्घ नारायण पौडेलले बताए । सम्भौता कार्यक्रममा पोखरा लेखनाथ महानगर पालिकाका मयेर मानबहादुर जिसीले पोखराका पानी, सडक, विद्युत, सेवा सबैलाई स्मार्ट बनाउन सहयोगी हुने बताए ।

उनले कम्पनीले निःशुल्क रुपमा महानगरको अध्ययन गर्न लागेको बताए । नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आन्दराज मुल्मी, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी लगाएतले पोखरा अन्तराष्ट्रिय शहर बनाउन पनि स्मार्ट बनाउन आवश्यक रहेको बताएका थिए ।