एमालेअध्यक्ष ओली शुक्रबार मधेस झर्दै, कुन नेता कुन जिल्लामा ?


काठमाडौं – असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मधेस झर्दैछन्। उनले शुक्रबार बाराको जीतपुर-सिमरा उपमहानगरपालिका अन्तर्गत पर्ने सिमरा र महोत्तरीको बर्दिबासमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नेछन्।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावी कार्यक्रमका लागि पटक पटक मधेस गइरहे पनि एमाले अध्यक्ष ओली मधेस नझरेको भनी टिप्पणी भइरहेका बेला ओलीले पनि मधेस जाने कार्यक्रम बनाएका हुन्।

ओली सिमरा र बर्दिबासको चुनावी सभामा मात्र सहभागी हुने कार्यक्रम रहेको उनका निजी सचिव अनिश दाहालले जानकारी दिए। ‘अन्य जिल्लाहरुमा पार्टीका अन्य नेताहरुले चुनावी सभालाई सम्बोधन गर्दै आउनुभएको छ’ उनले भने, ‘अध्यक्षज्यू कार्य व्यस्तताका कारण दुई जिल्लामा मात्र जाने कार्यक्रम छ।’

प्रदेश नं. २ का ८ वटा जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा एमालेले चुनावी सभाहरु केन्द्रित गरेको एमाले प्रचार विभागका उपप्रमुख सुर्य थापाले जनाएका छन् ।

अर्का पार्टी नेता माधवकुमार नेपाल प्रदेश नं. २ का विभिन्न जिल्लामा यसअघिबाटै सक्रिय रहेका छन् । नेपालले गृहजिल्ला रौतहटका साथै बारा, पर्सा, महोत्तरीलगायतका जिल्लाका चुनावी भेला, सभालाई सम्बोधन र उम्मेदवारहरुसँग घरदैलो पनि गरिरहेका छन् । उनले भदौ ३० मै सिरहाको गोलबजार नगरपालिका लगायतका स्थानमा हुने चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी उपाध्यक्ष वामदेव गौतम र भीम रावल पनि यस प्रदेशका विभिन्न जिल्लाका चुनावी कार्यक्रमहरुमा सक्रिय बनेका छन् ।

एमालेका महासचिव ईश्वर पोखरेल वीरगञ्ज महानगरपालिकामा बढी केन्द्रित हुँदै बारा र पर्साका विभिन्न कार्यक्रमहरुमा जुटेका छन् । पोखरेल भोलि सिरहा र सप्तरीका कार्यक्रमहरुमा सहभागि हुने एमालेले जनाएको छ । त्यस्तै पार्टी सचिव प्रदीप ज्ञवाली,सचिव भीम आचार्य, सचिव गोकर्ण विष्ट पनि २ नम्बरका जिल्लामा सक्रिय रहेका छन् । उता, प्रदेश नं. २ का संयोजक सत्यनारायण मण्डल एक महिनादेखि मधेसमै छन् ।

एमालेका कुन नेता कुन जिल्लामा?

सर्लाही 
माधवकुमार नेपाल
बारा
वामदेव गौतम
वलवीरप्रसाद चौधरी
दिनेश राई
महोत्तरी
ईश्वर पोखरेल
योगेश भट्टराई
रामदयाल मण्डल
सरोज यादव
सिरहा 
प्रदीप ज्ञवाली
लीलानाथ श्रेष्ठ
ममता गिरी
रामचन्द्र यादव
धर्मनाथप्रसाद साह
गंगा यादव
सप्तरी
भीम आचार्य
सत्यनारायण मण्डल
रामप्रित पासवान
शान्ता चौधरी
सुमन प्याकुरेल

धनुषा
शत्रुघन महतो
रघुवीर महासेठ
श्रीप्रसाद शाह
यदुवंश झा
रत्नेश्वरलाल गोइत
जुलीकुमारी महतो
सुधीर साह
पर्सा
नागेन्द्र चौधरी
रामचन्द्र साह
सर्लाही
लालबाबु पडित
लक्ष्मण पौडेल
रविन्द्र बैठा
कमलादेवी महतो
रौतहट 
डा. वंशीधर मिश्र
कल्याणी खड्का
सरला यादव
मेटमणि चौधरी