कास्कीकोटको ठुली पोखरीमा डुबेर युवक बेपत्ता


पोखरा । कास्कीकोटको ठुली पोखरीमा एक युवा डुबेर वेपत्ता भएका छन् ।

आज दिनको ३ वजेतिर तिन जना साथीहरु मिलेर पोखरीमा पौडी खेल्न गएका मध्ये एक जना वेपत्ता भएका हुन् । स्थानिय प्रत्यक्षदर्सीका अनुसार तिमिल्निि थरका १८ वर्षीय युवा डुवेका हुन् ।

डुबेका युवालाई खोजी गर्न पहिले नागडाँडाको प्रहरी आएको भएता पनि भेला पार्न नसके पछि अहिल सशस्त्र प्रहरीको टोलीले खोजी गरिरेको छ ।

हरेक वर्ष कुनै न कुनै घटना घट्न थालेकोले स्थानियवासीले चिन्ता व्यक्त गरेका छन् । साथै घटना स्थल वरपर स्थानीय वासिन्दाको भिड लागेको छ ।