निर्वाचन आयोगद्धारा संसदीय चुनावको कार्यतालिका तय (हेर्नुहोस् तालिका)


काठमाडौं – निर्वाचन आयोगको सोमबार बसेको बैठकले संसदीय चुनावको कार्यतालिका तय गरेको छ। जस अनुसार मंसिर १० गते पहिलो चरणको चुनावका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता गर्नु पर्नेछ । यस वर्ष भाइटीका कात्तिक ४ गते परेको छ । अर्थात भाइटीकाको भोलिपल्ट उम्मेदवारी दर्ता हुनेछ । यस्तै २१ गते हुने दोस्रो चरणको चुनावका लागि उम्मेदवारी दर्ता कात्तिक १६ गते तोकिएको छ ।सरकारले संघीय संसद (प्रतिनिधिसभा) र प्रदेशसभाको चुनाव एकै पटक गर्ने निर्णय गरेको छ । तर, देशभर एकै चरणमा नभई मंसिर १० र २१ गते गरी दुई चरणमा मतदान हुनेछ । राजनीतिक दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची भने असोज २९ गते पेश नै गर्नु पर्नेछ । (हेर्नुहोस् तालिका)


सरकारले प्रत्यक्षतर्फ उम्मेदवारी लिएपछि मात्र समानुपातिको बन्दसूची पेश गर्ने गरी कार्यतालिका बनाउन आग्रह गरेको थियो । तर, आयोगले पूर्वतयारी अनुसार समानुपातिकको उम्मेदवारको बन्दसूची पेश गरेपछि मात्र प्रत्यक्षको उम्मेदवारी दर्ता राखेको छ ।

कार्यतालिका अनुसार समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने दलहरुले भोलिसम्म आयोगमा निवेदन दिनु पर्नेछ । अन्य प्रक्रिया पूरा गरेर ३० गते चुनाव चिन्ह दिइनेछ ।

असोज २९ गते समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्नु पर्नेछ । दाबीविरोध फिर्ता लगायतका प्रक्रिया पूरा गरेर उम्मेदवारहरुको अन्तिम सूची भने मंसिर ३ गते मात्र प्रकाशित गरिनेछ ।

यस्तै प्रत्यक्षतर्फ मंसिर १० र २१ गते निर्वाचन हुने क्षेत्रहरुका लागि फरक-फरक कार्यतालिका बनाइएको छ । यस अनुसार यो वर्षको तिहार र छठ चुनावमय हुने भएका छन् ।

निर्वाचन आयोगका अनुसार पहिलो चरणको चुनावका लागि प्रत्यक्षको उमेदवारी दर्ता कात्तिक ५ गते विहान १० देखि साँझ ५ बजेसम्म हुनेछ । यो भाइटीकाको भोलिपल्ट हो । फिर्ता लगायतका प्रक्रिया पूरा गरेर ८ गते अन्तिम नामावली प्रकाशन गर्नुका साथै चुनाव चिन्ह प्रदान गरिनेछ ।

२१ गते हुने दोस्रो चरणको चुनावको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता कात्तिक १६ गते राखिएको छ । उजुरी, दावी विरोध लगायतका प्रक्रिया पूरा गरेर १९ गते चुनाव चिन्ह दिइनेछ ।

प्रत्यक्ष तर्फको निर्वाचन कार्यतालिका