पोखरा कोमागाने नागरिक मैत्री एसोसियशनको अध्यक्षमा काफ्ले


पोखरा – पोखरा कोमागाने नागरिक मैत्री एसोसियशन तेस्रो साधारणसभा तथा अधिबेसनले शारदामोहन काफ्लेलाई पूर्न अध्यक्षमा चयन गरेको छ । बुधबार साँझ सम्पन्न अधिवेशनले को पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ ईन्जिनियर काफ्लाई दोश्रो कार्यकालका लागी सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा प्रभु बिकास बैंकका सिईयो शान्ति शेरचन, सचिबमा पोखरा लेखनाथ महानगपालिकाका ईन्जिनियर महेन्द्र गोदार र कोषाध्यक्षमा सबिता ढुङगाना, सहसचिवमा रेडियो जननिका अध्यक्ष हिरा भट्टराईलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा एलिसा ईन्भेटमेनका डारेक्टर सरस्वति अधिकारी सरु, समाजेवी एवं विद्या निकेटन स्कुलका अध्यक्ष चित्र बराल, होटल ब्यबसायी मदन शर्मा, रन्जु गुरुङ चयन भएका छन् ।

त्यस्तै अधिवेशलने सल्लाहकारमा संस्थापक अध्यक्ष एवं पोखरा लेखनाथ महानगरपालिका पुर्ब मेयर कृष्ण थापा, पोखरा महानगर सामाजिक शाखाका बरिस्ठ अधिकृत ओमराज पौडेल , महानगरपालिकाकै वरिष्ठ कानुन अधिकृत नारायण शर्मालाई चयन गरेको छ । यसअघि अधिवेशनको पोखरा लेखनाथ महानगरपालिका मेयर मानबहादुर जिसीले उद्घाटन गदै पोखरा र कोमागाने शहर वीचको सम्वन्ध प्रगाढ बनाउन एशोसियशले भुमिका खेल्ने बताए । उनले पोखरा र कोमागाने शहरको प्राकृतिक वातावरण एउटै भएकाले भगिनी सम्वन्ध कायम भएको बताउदै सम्वन्धलाई अझै बलियो र सांस्कृतिक आदान प्रदान गर्नुपर्नेमा जोड दिए ।

उनले सम्वन्धलाई अझ बलियो बनाउन कोमागानेको विकासलाई पोखरासंग जोडन् त्यहाँका प्रविधिहरुलाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिदै प्रविधि हस्तान्तरणले पोखरालाई स्मार्ट सिटी निर्माणमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । उनले पोखराको कोमागने मातृशिशु मितेरी अस्पताललाई अझै स्तरी बाउनुपर्ने र कोमागार्ने पार्कलाई ब्यवस्थित गर्नुपर्नै खाँचो औल्याए । उपप्रमुख मञ्जु देवी गुरुङले कोमागाने र पोखराको सम्वन्धलाई अझै प्रगाढ र सुमधुर बनाउने बताउदै त्यसका लागी एशोसियशनले भुमिका खेल्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा संस्थापक अध्यक्ष एवं पूर्वमेयर कृष्ण थापा, उपाध्यक्ष शान्ति शेरचन लगायतले कोमागानेसंगको सम्वन्ध बारे चर्चा गरेका थिए ।