पृथ्बीचोकमा अत्याधुनिक सुविधा सहितको शौचालय संचालनमा


पोखरा – पोखराको सहारा क्लवले पोखरा पृथ्बीचोकमा अत्याधुनिक सुविधा सहितको शौचालय पुनः संचालनमा ल्याएको छ । अत्याधुनिक सुविधा सम्पन्न भएको उक्त शौचालन पुनः निमार्ण पश्चात करिब ४ महिना पछि आज (बिहीबार) देखि संचालनमा आएको छ ।

मानिसहरुको चहलपहल हुने पोखराको व्यस्त बजार पृथ्बीचोकमा आम सर्वसाधारण व्यक्तिहरुको लागि स्नान गृह सहितको अपाङग मैत्रि सार्वजनिक सौचालय विहिबार देखि पुनः संचालनमा ल्याएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । सहारा क्लवले हालै निमार्ण गरेको उक्त सौचालयको एक समारोहका पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले उद्घाटन गरेका छन ।

कार्यक्रममा बोल्दै उनले सौचालय निमार्णसंगै दिगो रुपमा संचालन गर्न क्लवलाई आग्रह गर्दै थप सहयोग आवश्यक परेमा महानगरपालिकाले समन्वय र सहयोग गर्न तयार रहेको जनाए । महानगरपालिकाको स्मार्ट सिटि बनाउने अभियानमा यस्तो अत्याधुनिक सौचालय निमार्णले थप सहयोग पुगेको उनले विश्वास व्यक्त गरे । एकै पटकमा अपाङग भएका व्यक्ति सहित गरी २२ जनाले दिशा तथा पिसाव गर्न सक्ने गरी अत्याधुनिक सौचालन पुनः निमार्ण गरिएको पुनः निमार्ण समितिका संयोजक लिल बहादुर थापाले बताए ।

पोखरालाई स्मार्ट सिटि बनाउने महानगरपालिकाको अभियान अन्र्तगत आफ्नो क्षेत्रबाट देशका विभिन्न स्थानबाट पृथ्बीचोकमा आउने व्यत्तिहरुको सुविधाको लागि आफुहरुले विभिन्न संघ संस्थाको सहयोगबाट उक्त अभियान सफल भएको अध्यक्ष आचार्यले बताए । पुनः निमार्ण सहित अत्याधुनिक सौचालन निमार्ण गर्न २८ लाख ९८ हजार ९ सय ६० रुपैया खर्च लागेको उनले बताए । उनका अनुसार पोखरा लेखनाथ महानगरपालिका कार्यालयले १४ लाख ३ हजार ९ सय २२ रुपैया आर्थिक सहयोग गरेको छ ।

त्यसै गरी बाबा फाउण्डेसन नेपालबाट ६० हजार , वि.वि, निमार्ण सेवा (प्रो.विक्रम खत्री) पोखरा लेखनाथ महानगरपालिका १४ चाउथेबाट ५५ हजार ५ सय ५५, गुरुङ स्टोन सप्लायर्स (प्रो.हरिश गुरुङ) बुद्धचोकबाट ३० हजार, सहारा क्लवबाट १३ लाख ४९ हजार ४ सय ८३ रुपैया लगानी भएको हो । । शौैचालय प्रबेशको ५ रुपैया शुल्क रहेको छ भने अपाङक व्यक्तिहरुको लागि निःशुल्क रहेको क्लवका महासचिव केशवराज बरालले बताए । महिला र पुरुषहरुको लागि छुट्टा छुट्टै सौचालय सहित स्नान गर्न मिल्ने कोठा रहेको छ भने अपाङक मैत्रि एउटा रुम रहेको छ ।