अघिल्लो साल बिहे गरि फर्केका एक नेपालीको कुबेतमा मृत्यु


कुवेत
बैदेशिक रोजगारका लागि कुबेत गएका एक नेपाली अमेरिकाना बास्किन रबिन्स कम्पनीमा कार्यरत चन्द्रबल राईको सबारी दुर्घटनामा परि मृत्यु भएको छ ।
सिक्स रिंगरोडको ३६० महल नजिकै सवारी दुर्घटना हुँदा राईको ज्यान गएको हो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका राईको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको बताईएको छ ।

डिउटीकै क्रममा गत बिहिबार राति होमडेलीभेरीको लागि जाँदै गर्दा आफैले चलाएको पिकअप भ्यानलाई अर्को गाडीले ठक्कर दिएपछि दुर्घटना प्रहरीले जनाएको छ।
बिगत ३ बर्षदेखि कुबेतमा नै कार्यरत ३० बर्षीय चन्द्रबल राई को स्थायी घर खोटाङ मात्तिम-७ कातिके रहेका उनि गत बर्ष मात्र छुट्टीमा जाँदा बिहे गरेर फर्किएको थिए ।
राईको शब नेपाल पठाउन नेपाली दूतावासमार्फत पहल भइरहेको छ।