भिटोफ पोखरा प्रदेश नं. ४ को अध्यक्षमा पौडेल


पोखरा । गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल (भिटोफ) पोखराको हालै सम्पन्न दोस्रो अधिबेशनले रबिन्द्रराज पौडेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा चुडामणि दाहाल, सचिवमा रमेश खत्री, कोषाध्यक्षमा सुर्यनाथ पहारी र सदस्यहरुमा कमलबहादुर भुजेल, अशोक पराजुली, शुशिला भण्डारी, भुपेन गुरुङ, सन्तोष सापकोटा चयन भएका छन् ।

शाखाको पदेन सदस्यमा संस्थापक अध्यक्ष तारानाथ पहारी र एक सदस्य कार्य समितिको पहिलो बैठकले चयन गर्ने छ ।