ल हेरौ आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेज


काठमाडौं – बुधबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुले विविध विषयहरुलाई स्थान दिएका छन् । खासगरी प्रदेश नम्बर २ मा हुन लागेको स्थानीय तह निर्वाचनका अनेक पाटा–पक्षमा केन्द्रित भएर पत्रपत्रिकाहरुले अाज सामग्री पस्केका छन् ।

पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा दलहरु गठबन्धन बनाएर निर्वाचनमा होमिए पनि तेस्रो चरणअन्तर्गत प्रदेश २ मा हुन लागेको निर्वाचनमा गठबन्धन प्रयास असफल भएको छ । यो विषयलाई आजका पत्रपत्रिकाहरुले लेखेका छन् । चुनावमा वितरण भएको टिकटकै कारण पार्टीहरुमा देखिएको असन्तुष्टिको विषयलाई पनि पत्रपत्रिकाहरुले छापेका छन् ।

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले मन्त्री र सचिवलाई खुसी पार्न बिलासी गाडी दिएकोदेखि श्रीमतीलाई करणी गरे पाँच वर्ष जेल सजाय हुने सम्मका खबर आजका पत्रपत्रिकाका पहिलो पृष्ठमा पढ्न सकिन्छ ।