बिषादी नियन्त्रणका लागी निति ल्याउनुपर्नेमा जोड


????????????????????????????????????

पोखरा – स्थानीय समुदायको शिक्षा स्वास्थ्य र खाद्य अधिकारका लागी जिम्मेवार निकायलाइ जवाफदेही बनाउन पहल कार्यक्रम अन्र्तगत ०७४ भदौ २० गते खाद्य बस्तु (तरकारी तथा फलफुलमा) बिषादीको प्रयोग समस्या र समाधानका उपाए बिषयक जिल्ला स्तरीय अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक पश्चिमाञ्चलको आयोजना , क्षेत्रीय बाली संरक्षण प्रयोशाला पोखरा, गैर सरकारी संस्था महासंघ कास्की, शान्तिका लागी नागरीक समाजको संञ्जाल कास्की, मानबअधिकार निगरानी समुह कास्कीको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ,बिषादी अपरेशन द्रुत बिश्लेषक इकाई प्रमुख बिज्ञ शिब बराल र क्षेत्रीय बाली संरक्षण प्रयोगशला प्रमुख धन बहादुर राना ले प्रस्तुत गरेको कार्यपत्रमाथी बोल्दै कार्यक्रमका प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुबेदीले बिषादी नियन्त्रणका लागी देशमै निति ल्याउन आवश्यक रहेको बताउदै बिषादी प्रयोग भएका तरकारी तथा फलफुल प्रयोगमा उपभोतmानै सचेत भए बिषदी प्रयोगमा केही न्युनिकरण आउने बताए ।

जिल्ला कृर्षि बिकास कार्यलयका प्रमुख लोकेन्द्र बोहोराले कृषकले अनुदान पाउनको लागी पहिलो बर्ष भन्दा दोस्रो बर्ष धेरै उत्पादन गरी लक्ष्य पुरा गर्नु पर्ने भएकाले पनी तरकारी तथा फलफुलमा बिषादीको मात्रा बढेको बताए । क्षेत्रीय कृर्षि निर्दैशनालयका निमीत प्रमुख माधब लम्सालले आइपीएम कृषक पाठशालामा कृषक हरुको पहुच बढाउन आवश्यक रहेको बताउदै बिषादी न्युनीकरणमा स्थानीय निकायको जिम्मेवारी रहने हुदा स्थानीय निकायलाई सजग बनाउन आवश्यक रहेको बताए । कृर्षि सुपरजोन कास्की संयोजक राम बहादुर हमालले घरको एकजनाले लाइसेन्स लिएको आधारमा परिवारका सबैले बिषादी बेचबिखन गरेको पाइएकाले सम्बन्धित निकायले अनुगमनलाई तिब्रता दिनुपर्ने बताए ।

संञ्चालक समितिका अध्यक्ष रुद्र प्रसाद खनालले ट्रकमा राखेको एउटा झोला बाट बिषादी परिक्षण गरेर मात्र नतिजा राम्रो नआउने बताउदै बिषादी न्युनीकरण गर्नको लागी कृर्षि फर्ममा नै गएर बिषादी मापन गर्नुपर्ने बताए । त्यस्तै राष्ट्रिय फलफुल तथा थोक ब्यबसायी छेवाङ तामाङले किसानहरुलाई बिषादी प्रयोग गर्न सिकाएर मात्र अगाडि बढाउनु पर्ने बताए । गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष पदम पहारीले कृषक संगसंगै उपभोतmा लाइ पनी सचेतना कार्यक्रम जरुरी रहेको बताए ।

कार्यक्रममा बिभिन्न कृर्षि समुहका कृषक हरुले आइपिइम कृर्षि पाठशाला आवश्यक रहेको , निर्बाह मुखी खेति प्रणालीलाई प्रोस्साहित गरी ब्यबसायीक कृर्षिमा लाग्न प्रेरीत गर्नुपर्ने, सरकारले जग्गा पलटिङ रोकेर कृषकलाई अनुदानमा जग्गा उपलब्ध गराउनुपर्ने जस्ता कुराहरु राखेका थिए । मानबअधिकार निगरानी समुह कास्कीकी संयोजक दुर्गा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिब खकुरेलले स्वागत तथा कार्यक्रम माथी प्रकास पारेका थिए भने कार्यक्रम अधिकृत सबनम शर्माले कार्यक्रम संञ्चालन गरेकी थिइन् ।