मनाङमा जीप दुर्घटना, एकजनाको घटनास्लमै मृत्यु


मनाङ – मनाङ जिल्लाको नेस्याङ गाउँपालिका वडा नं १ स्थित स्वर्गद्वारीमा मगंलबार जीप दुर्घटना भएको छ । दुर्घटनामा परी एकजनाको घटनास्लमै मृत्यु भएको छ । मृत्यु हुनेमा नेस्याङ–३ ङावलकी निमा हुमा लामा भएको जिल्ला प्रहरी कार्यालय मनाङ प्रहरी नायव अपरिक्षक विरवहादुर पुलामीले बताए ।

नासोङ गाउँपालिका–३ धारापानीबाट माथिल्लो मनाङ जाँदै गरेको ग १ ज ६३१५ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसमा डाईभर सहित १३ यात्रु रहेका थिए । जिप सडकबाट एकसय मिटर तल मस्र्याङ्दी नदी किनारमा पुगेको बताइएको छ । के कारणले दुर्घटना भएको भन्ने विवरण आइ नसकेको पुलामीले बताए ।

घटनास्थलमा पुग्न सदरमुकाम चामेबाट १ घण्टा ३० मिनेट लाग्छ । सदरमुकाम चामेवाट घटनास्थल जिकटमा भएका कारण यात्रुलाई उद्धार गर्ने कठिनाई भएको मनाङ प्रहरीले बताएको छ ।