ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – काठमाडौंबाट सोमबार प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई आफ्नो प्राथमिकतामा राखेका छन् । उपत्यकावासीले लामो समयदेखि प्रतीक्षा गरेको मेलम्चीको पानी काठमाडौं आउन अझै १ वर्ष लाग्ने पत्रिकाले लेखेको छ । सुरुङ निर्माणमा ढिलाइ भएपछि पछिल्लो समय तोकिएको १५ असोजमा पनि मेलम्चीको पानी उपत्यकामा नआउने भएको हो ।

प्रदेश नम्बर २ का १ हजार ३ मतदान स्थतलाई प्रहरीले अति संवेदनशीलको सूचीमा राखेको विषयलाई पनि पत्रपत्रिकाहरुले आज छापेका छन् ।

संसद्को सार्वजनिक लेखा समितिले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमितता भएको ठहरसहित दोषीमाथि कारबाही सिफारिस गरेको विषय आफूलाई जानकारी नभएको भन्दै आपूर्ति मन्त्री शिवकुमार मण्डलले उम्किने प्रयास गरेका छन् । यो विषयलाई पनि आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ लेखेका छन् । नेपालले वान बेल्ट एन्ड रोड इनिसिएटिभलाई भित्रैदेखि समर्थन गर्छ भन्नेमा चिनियाँ विश्वस्त हुन नसकेको खबरलाई पनि आजका केही पत्रिकाहरुले महत्त्वका साथ प्रकाशित गरेका छन् ।