यातायातका साधन यात्रु मैत्री हुनु पर्नेमा मेयर मानवहादुर जि.सी.को जोड


पोखरा – पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानवहादुर जि.सी.ले समृद्ध पोखरा वनाउनका लागि यस क्षेत्रमा चल्ने यातायातका साधनहरु यात्रु मैत्री हुनु पर्नेमा जोड दिएका छन् ।

वेगनासताल बस सञ्चालक समितिको २५ औ बार्षिक साधारण सभा तथा १३ औं अधिवेशनको उद्धघाटन गर्ने प्रमुख जिसीले व्यवसायिकहरुको लगानीलाई सुरक्षित गर्दै यात्रुलाई सरल र सुलभ तरिकाले सेवा दिनका लागि व्यवस्थित यातायात निति ल्याउनु पर्छ । जसकालागि व्यवसायी र महानगरपालिकाका विच समन्मय हुनु पर्छ , उनको भनाई रहेको थियो ।

समग्र पोखरा उपत्यकाको विकासको लागि एकीकृत वस सेवा सञ्चालन गर्नु पर्नेमा जोड दिदै प्रमुख जिसीले हिजोको समस्यालाई सुधार गर्दै भोलीको भविश्य कोर्न व्यवसायीकहरुलाई सुझाव दिएका थिए ।वेगनासताल वस सञ्चालक समितिका अध्यक्ष खेमवहादुर गुरुङ्गको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सह संयोजक योगेन्द्र वहादुर केसीले व्यवसायिक हकहितका लागि सरकारको तर्फवाट स्पष्ट निति आउनु पर्ने धारणा राखेका थिए ।

सोही अवसरमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महाासंघ क्षेत्रीय संयोजक धर्मराज अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी त्रिपाठी, गण्डकी धवलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायिक समितिका अध्यक्ष पदमवहादुर केसी, नेपाली कांग्रेसका जिल्ला कमिटिका सदस्य नारयण कुमार श्रेष्ठ, नेकपा एमालेका टिकाराम पगेनी, पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोख्रेल लगायतले यातायात क्षेत्रको सुधारलाई समयअनुसार परिवर्तन गर्दै लैजानु पर्ने सुझाव राखेका थिए ।

समितिका सचिव वुद्धिप्रसाद सुवेदीले वार्षिक प्रतिवेदन प्रस्तुतु गरेको सो कार्यक्रमको संचालन सदस्य कृष्णप्रसाद ढुंगानाले गरेका थिए भने धन्यवाद ज्ञापन पुर्व अध्यक्ष रविन्द्र मोहन भट्राईले र स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद तिवारीले गरेका थिए ।

सोही अवसरमा यस वर्षको एसईई परिक्षामा उत्कृष्ट स्थान हाँसिल गर्न सफल व्यवसायी कर्मचारी र मजदुरका छोराछोरीहरु मध्ये वाट सन्चिता तज्झा, विपना सुवेदी, सर्घष ढकाल, गौरव पाण्डे, अभिषेक भट्टराई , सफल ढकाल, सुमन रानाभाट, सुष्मिता भट्टराई र संन्चिता अधिकारीलाई सम्मान गरिएको थियो । सोही भेलाले नयाँ कार्यसमिति चयन गर्ने भएको छ ।