लायन्स नाईटमा लायन्स गर्भनर आचार्य सम्मानित हुने, डिमर्चा घन्किने

पोखरा – लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले नेपालीहरुको महान पर्व बिजयादशमी तथा दिपावलीको अवसरमा तेस्रोे संस्करणको लायन्स नाईट गर्ने भएको छ । पोखरामा रहेका लायन्स तथा गैरलायन्सहरु विच शुभकामना आदानप्रदान तथा लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वानका गर्भनर एमजेएफ लायन धनराज आचार्यलाई सम्मान गरिने कार्यक्रम संयोजक तथा क्लबका अध्यक्ष लायन बिष्णुबाबु खड्काले जानकारी दिए । घटस्थापनाका दिन पोखराको साँग्रिला भिलेज रिसोर्टमा साँझ ६ बजेबाट शुरु हुने कार्यक्रममा डिमर्चा भाष्करध्वज श्रेष्ठ, दिक्षा जे थापा, लक्ष्य ब्याण्ड लगायत नेपालका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने छ ।

क्लबको स्थापना बर्ष देखि निरन्तर लायन्सहरु बिचको फेलोसिप बृद्धिका लागि बर्षेनी कार्यक्रम गर्दै आएको छ । बिगतका कार्यक्रमकोे सफलताले हौसला प्राप्त भई यो वर्ष पनि कार्यक्रम गर्न लागिएको क्लबका निवर्तमान अध्यक्ष सुदिप पौडेलले बताए । उनका अनुसार कार्यक्रममा बर्षभरि लायन्स मार्फत समाजमा अतुलनिय योगदान प्रदान गर्ने डिस्ट्रिक गर्भनरलाई सम्मान गरिने हुनाले कार्यक्रमको थिम नै ‘एन अनर टु गर्भनर’ तय गरिएको बताए ।

कार्यक्रम सम्पन्न गर्नका लागि क्लबका अध्यक्ष बिष्णुबाबु खड्काको संयोजकत्वमा बिभिन्न उपसमिती गठन गरेको छ । जसमा सहसंयोजक निरन केसी, बिनय थापा, प्रचार संयोजक सञ्जय मल्ल, डिस्ट्रिक एवम अन्तर क्लब संयोजक सुदिप पौैडेल, जनसम्पर्क तथा पत्राचार ब्यवस्थापन संयोजक प्रदिप कुँवर, कलाकार संयोजक एकराज गिरी,अर्थ संयोजक दुर्गा सुबेदी, ब्यानर ब्यवस्थापन संयोजक किसन गिरी, स्टेज डेकोरेसन संयोजक दमनजंग राणा, साउण्ड तथा लाइट संयोजक दीपक थापा, यातायात ब्यवस्थापन संयोजक हेमन्त मल्ल, जलपान ब्यवस्थापन संयोजक बिरेन्द्र कुँवर, स्वयमसेवक संयोजक भिम क्षेत्री तोकिएको प्रचार प्रसार संयोजक सन्जय मल्लले जानकारी दिए ।

कार्यक्रमबाट बचेको रकम सामाजिक कार्यका लागि खर्चिने कार्यक्रमका कलाकार संयोजक एकराज गिरीले बताए । कार्यक्रमको ब्यवस्थापन पब्लिक इभेन्टले गरेको छ भने मुख्य प्रायोजन उत्तम गुरुङ र कुँवर हार्डवयरले गरेको छ । कार्यक्रमको बैंकिग पार्टनर ओम डेभलभमेण्ट बैंक रहेको छ ।

क्लबले हालै नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा क्लबमा आवद्ध सदस्यका जीवन संगीनी तथा दिदी बहिनी क्लब लायन्स क्लब अफ पोखरा ब्युटी सिटीका सदस्यहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न गरिसकेको क्लबका अध्यक्ष खड्काले जानकारी दिए ।