तोकिए भन्दा बढि भाडा लिने ११ वटा नगर माइक्रोबस कारर्वाहीमा


पोखरा – यात्रुसंग तोकिए भन्दा बढि भाडा लिने ११ वटा नगर माइक्रोबस कारर्वाहीमा परेका छन् । पर्यटकीय शहर पोखरा लेखनाथ महानगरपालिकाभित्र चल्ने नगर माइक्रोबसले यात्रुसंग भाडा भन्दा बढि रकम लिएको भन्दै यातायात ब्यवस्था कार्यालय पोखराले कार्वाही गरेको हो ।

यात्रुसंग बढि भाडा लिएको गुनासोका आधारमा पोखराका विभिन्न ठाँएमा गरिएको चेकजाँचका क्रममा तोकिए भन्दा बडि भाडा लिएको पाइएकाले कास्की प्रहरीले पक्राउ गरि यातायात कार्यालय गण्डकीमा पठाएको कास्कीका प्रहरी प्रवत्ता डिएसपी खड्गबहादुर खत्रीले बताए । ‘बढि भाडा लिएको गुनासो आएपछि चेकजाँच गर्ने क्रममा तोके भन्दा बढि भाडा लिएको पाइएकाले कार्वाहीका लागी पठाएका थियौ ।’

कार्वाहीमा पर्ने बसहरुमा ना.५.ख ४०१९ मिनी माईक्रोबस,ग.१ ख. ७१७४ मिनी माईक्रोबस ग.१ ख. ५४७० मिनी माईक्रोबस, ग.१ ख. ६३४५ मिनी माईक्रोबस, ग.१ ख ६४५४ मिनी माईक्रोबस,ना ४ ख २०४२ मिनी माईक्रोबस,ग.१ ख ६७०१ मिनी माईक्रो बस, ग.१ ख. ३३६९ मिनी माईक्रो बस,ग.१ ख. ६२६४ मिनी माईक्रो बस,ग.१ ख. ५३०१ मिनी माईक्रो बस,ग.१ ख ३४४४ मिनी माईक्रो बस रहेका छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद (६) को दफा ९६ बमोजिमको कसुरमा ऐनको परिच्छेद(१०) को दफा १६० को देहाय २ (ख) बमोजिम कास्की प्रहरीले यातायात ब्यवस्था कार्यालय गण्डकीलाई कार्वाहीको लागी पठाइएको र कार्यालयले जनही पाँच पाँच हजार रुपैयाँ जरिवान गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।