बाग्लुङ्गका सांसद पौडेल,दुई हप्ते युरोप भ्रमणमा


बार्सिलोना/ नेपाली कांग्रेसका नेता तथा बाग्लुङ्ग क्षेत्र नम्बर २ का सांसद प्रकाश पौडेल युरोप भ्रमणको क्रममा स्पेन आईपुगेका छन्। बिकास समितिका सदस्य समेत रहेका पौडेल दुई हप्ते युरोप भ्रमणको क्रममा सोमबार बार्सीलोना आईपुगेका हुन्। नेता पौडेल स्पेन बाहेक,बेल्जियम,नेदरल्याड्स,लक्जम्बर्ग,पोर्चुगल,डेनमार्क,स्बिडेन लगायतका युरोपेली मुलुकमा पुग्ने कार्यक्रम रहेको छ।

नेपाली कांग्रेस बागुलुङ्का निर्बतमान सभापति समेत रहेका पौडेल युरोप स्थित नेपाली जनसम्पर्क समितिहरु तथा एआरएनएहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ। सेक्टेम्बर २ तारिख बेल्जियम, ३ तारिख नेदरल्याण्डस्, ४ तारिख लक्जम्बर्ग, ६ र ७ तारिख पोर्चुगल, १० तारिख स्पेन,११ तारिख डेनमार्क, १२ तारिख स्विडेनमा बिभिन्न छलफल तथा अन्तरक्रिया कार्यक्रम रहेको सांसद पौडेलले बताए।

उनले भने,” युरोपमा रहेका नेपालीहरुको अबस्था बारे सम्बन्धित देशका दूताबासहरुलाई सम्पर्क गरेर बुझ्दै छु। यस्तै बिभिन्न प्राकृतिक विपत्तिमा प्रबासबाट ठुलो सहयोग पुग्दै आएको छ,समुदायसँग भेटेर छलफल तथा अन्तरक्रिया साथै नेपाली जनसम्पर्क समितिसँग भेटघाटको कार्यक्रम रहेको छ।”

बिक्रम सम्बत् २०३६ देखि नै काँग्रेस बिद्यार्थीको राजनीति हुँदै पौडेल २०४८ मा नेपाली कांग्रेस बाग्लुङ्ग जिल्ला कार्यसमिति सदस्य बने। यस्तै कोषाध्यक्ष,सचिव हुँदै पार्टी सभापति बनेका उनले बाग्लुङ्ग कांग्रेसको नेतृत्व सम्हालेका थिए।