बन्यजन्तु उद्धार केन्द्रमा चितुवा संरक्षणका लागी काम शुरु


????????????????????????????????????

पोखरा – पोखरा लेखनाथमा निर्माण थालनी भएको बन्यजन्तु उद्धार तथा उद्यान केन्द्रमा नेपाल सरकार बन मन्त्रालयको सहयोगमा चितुवा संरक्षणका लागी काम शुरु गरेको छ ।

बन मन्त्रालयबाट प्राप्त २० लाख रुपैयाबाट पचभैयामा निर्माणाधिन बन्यजन्तु उद्धार तथा उद्यान केन्द्रमा पहिलो चरणमा घाइते चितुवाको संरक्षणका लागी काम शुरु भएको हो । झण्डै दुई रोपनी क्षेत्रलाई क्षेत्र निर्धारण गरी चितुवा संरक्षणका लागी काम शुरु गरिएको पोखरा प्रस्तावित अन्तराष्ट्रिय चिडियाखाना निर्माण समितीका संयोजक हिमालय बख्रेलले जानकारी दिए । पहिलो चरणमा चितुवा संरक्षणको लागी दुइ रोपनी जग्गा छनोट गरी काम शुरु भइरहेको बख्रेलले वताए ।

सोमबार बन्यजन्तु उद्धार तथा उद्यान केन्द्रमा पुगेका पश्चिमाञ्चल क्षेत्रिय वन निर्देशक डाक्टर वुद्धि प्रसाद पौडेलले स्थानिय स्तरबाट चिडियाखाना निर्माणको काम थालिएको पोखरा लेखनाथको पचभैयामा अगाडी बढेको कामले निकट भविष्यमा नेपालकै नमुना चिडियाघर बन्ने वताए । कुनै पनि बिकासको काममा स्थानियको सहयोग अपरिहार्य हुने वताउदै पचभैया क्षेत्रका बासिन्दाको सहयोगले स्थानिय स्तरमै निर्माण शुरु भएको चिडियाखानाले निकट भविश्यमा पूर्णता पाउनेमा आफुहरु ढुक्क रहेको वताउदै आफ्नो कार्यालयको तर्फबाट गर्न सक्ने सहयोग गर्न सदैव तत्पर रहेको वताए ।

सो अवसरमा वोल्दै कास्कीका जिल्ला वन अधिकृत केदार बरालले स्थानिय स्तरमानै नेपालकै नमुना चिडियाखाना निर्माण कार्य प्रारम्भ भइसकेको सन्दर्भमा बन्यजन्तु उद्धार केन्द्रका लागी बन मन्त्रालयले २० लाख रुपैया बिनियोजन भइसकेको सन्दर्भमा अव चितुवा संरक्षणका लागी काम थाल्न आग्रह गरे । त्यस्तै पोखरा प्रस्तावित अन्तराष्ट्रिय चिडियाखाना निर्माण समितीका सल्लाहकार जुद्ध बहादुर गुरुङले वन्यजन्तु उद्धार केन्द्रको काम बिस्तारै अगाडी वढिरहदा आफ्नो काममा पनि जिम्मेवार वढेको वताउदै यो चिडियाखाना नेपालकै एकमात्र नमुना चिडियाखाना हुने वताए ।

सर्प संरक्षण समितीका अध्यक्ष महेन्द्र कतिलाले प्रस्तावित अन्तराष्ट्रिय चिडियाखानामा निर्माणधिन अवस्थामा रहेको बन्यजन्तु उद्धार केन्द्र नेपालमै सर्प सम्बन्धी अध्ययन केन्द्र बन्ने वताए । नेपालमा पाइने अधिकांश सर्प लेखनाथको संरक्षित जंगलमा पाइने वताउदै नेपालमानै सर्प सम्बन्धी अध्ययनकेन्द्र बन्नेमा आफु ढुक्क रहेको वताए । चिडियाखाना निर्माण समितीका सचिव सुक बहादुर गुरुङले सञ्चालन गरेको कार्यक्रममा पचभैया सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष मोहन वहादुर घिमिरेले आफ्नो मन्तब्य राखेका थिएभने समितीका कोषाध्यक्ष दामोदर भक्त थापाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।