जनप्रगतिशील मञ्च स्पेनको अध्यक्षमा तीन जनाको दावी


तीन जना अध्यक्षका दाबेदारहरु

बार्सिलोना/ नेपाली जनप्रगतिशील मञ्च स्पेनको अध्यक्षमा तिन जनाले दाबी गरेका छन्। बर्तमान कार्यसमितिका उपाध्यक्ष द्वय यज्ञ नारायाण पौडेल “रमेश”,कृष्णहरी कडेल र महासचिव अर्जुन आचार्यले अध्यक्षमा दावी गरेका हुन्।मञ्चको दोस्रो अधिबेशन सेक्टेम्बर ३ तारिख बार्सिलोनामा हुँदैछ।

तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका बडा नम्बर १० स्थायी घर भएका पौडेल बिगत एक दशक देखि युरोपमा बस्दै आएका छन्। उनि मञ्चको संस्थापक सदस्य हुँदै हाल उपाध्यक्ष पदमा कार्यरत छन्।

यता अर्का दाबेदार रामेछाप जिल्ला टोकरपुर गाबिस बडा नम्बर ३ स्थायी घर भएका कडेल पनि एक दशक भन्दा लामो समय देखि युरोपमा नै रहेका छन्। कडेल अष्ट्रियामा रहँदा पनि मञ्चसँग आबद्द रहे भने सन् २०११ देखिको स्पेन बसाई पछि पनि निरन्तर रुपमा सक्रिय छन्। उनि गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका पुर्ब सचिव समेत हुन्।

यस्तै चितवन जिल्ला भरतपुर महानगरपालिका बडा नम्बर ४ स्थायी घर भएका आचार्य बिगत ८ बर्ष यता स्पेनमा बस्दै आएका छन्। बिद्यार्थी काल देखि नै राजनीतिमा सक्रिय रहेका आचार्य जनप्रगतिशील स्पेनमा समेत निरन्तर आबद्द छन्। चितवन समाज स्पेनमा सचिव हुँदै उपाध्यक्षको जिम्मेबारी सम्हालेका आचार्य एनआरएनए स्पेनका पुर्ब उपाध्यक्ष समेत हुन्।

के भन्छन् त अध्यक्षका दाबेदारहरु ?

– यज्ञ नारायाण पौडेल “रमेश”

संस्थापक सदस्य हुँदै निरन्तर रुपमा अहिले संगठनमा काम गर्दै आएको छु। दुई -दुई पटक उपाध्यक्ष रही काम गरेको हुँदा अब स्वत; रुपमा अध्यक्षको दाबी रहेको छ। संगठनलाई केहि बर्ष अघि एकीकरण गर्नको लागि पनि मेरो मुख्य भूमिका रहेको थियो।

”यदी अध्यक्षमा निर्बाचित भएमा,अहिलेको कार्यसमितिका कामहरुलाई निरन्तरता दिदै थप रचानात्मक भूमिका निभाउने छु। स्पेनबासी नेपालीहरुका समस्याहरुलाई हल गर्न जिम्मेबारीपूर्ण रुपमा नेतृत्व सम्हाल्दै स्पेनमा नेपाली दूताबास स्थापना गर्ने सरकारी निर्णय कार्यान्वयनको लागि सहयोग गर्ने छु।

-कृष्णहरी कडेल

मञ्चको उपाध्यक्षमा रही दुई-दुई पटक काम गरिसके अब स्वत: रुपमा अध्यक्षमा रही काम गर्न ईच्छा ब्यक्त गर्नु स्वाभाबिक नै हो। सामाजिक कार्यका केहि गर्नको लागि पनि नेतृत्वमा रही काम गर्ने ईच्छा जागेको हो। आशा छ संगठनका सबै साथीहरुले समन्वय गरी एकपटक अबसर प्रदान गर्नु हुने छ।

-कृष्णहरी कडेल

अध्यक्षमा रहे पछि पनि बिशेष गरी युवाहरुलाई लक्षित गरी सिप मुलुक तालिम दिने बिचारमा गरेको छु।स्पेनमा रहेका अन्य संघ संस्थाहरुसँग पनि समन्वय गरी अगाडि बढ्ने छु। साथै मञ्चलाई नयाँ उचाइमा पुर्याउने प्रयास सदैव रहने छ। यदी समन्वय नभएर निर्बाचनमा जानु पर्ने भए पनि त्यसको तयारी गर्दै छु।

-अर्जुन आचार्य

संगठनमा सदस्य,सचिव हुँदै अहिले महासचिवको भूमिकामा रहँदै गर्दा अब नेतृत्व नै लिनु पर्ने ठानेको छु।संगठनमा निरन्तर काम गर्दै आएको अनुभवलाई अब नेतृत्व नै लिएर अघि बढ्ने ईच्छा छ।संगठन भित्र पनि र बाहिर रहेको सिङ्गो नेपाली समुदायले नै नेतृत्व लिएर सामाजिक काम गर्न सल्लाह,सुझाव र हौसला प्रदान गरेको हुँदा अध्यक्षको दाबी गरेको हुँ।

-अर्जुन आचार्य

संगठन सुदृढीकरण गर्दै प्रगतिशील बिचारधारा बोक्नेहरुलाई एकै ठाउँमा उभ्याउने प्रयास मेरो रहने छ।यस्तै स्पेनमा रहेका अन्य संघ संस्थाहरुसँग पनि समन्वय गर्दै समाजलाई एकिकृत गर्दै अगाडी बढाउँनका लागि पनि तत्पर रहने छु भने यहाँ रहेका नेपाली दाजुभाईहरुको समस्याहरुलाई सम्बोधन गर्दै समाधानको उपायका लागि नेतृत्व तहबाट अग्रसरता देखाउने मेरो प्रयास रहने छ।