‘ए मेरो हजुर २’ यूनिट चलचित्रको प्रचार प्रसारका लागी पोखरामा


पोखरा – नेपाली चलचित्र ‘ए मेरो हजुर २’ यूनिट चलचित्रको प्रचार प्रसारका लागी ब्यस्त बनेकोे छ । भदौे १६ गते प्रदशन हुने तयारीमा रहेको चलचित्रको युनिट विभिन्न ठाँउ हुदै पोखरा आएको छ । करिव एक महिना अघि टे«लर सार्वजनीक गरेको फिल्म यूनिट आक्रामक प्रचारमा जुुटेको छ । चलचित्र भदाँै १६ गते नेपालका सबै हलमा एकै पटक प्रर्दशन गरिने भएकोेछ । भने पोखरामा मात्रै चार वटा हलबाट योे चलचित्र प्रर्दशन हुने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयोे ।

नेपाली चलचित्र क्षेत्रमा लामोे समयदेखि अभिनय गदै आउनु भएकी नायिका झरना थापाकोे निर्देशन रहेको चलचित्र सामाजिक विकृति र प्रेममा आधारित रहेको छ । चलचित्र सामाजिक र सामान्य कथामा आधारिति छ निर्देशक थापाले भनिन ‘झन्डै दुई दशकदेखिको मेरो अभिनय अनुभवलाई उपयोग गर्न खोजेकी छु,’ निर्देशक थापाले, ‘फिल्ममा सबै कलाकारले एकदमै मिहिनेत गरेकाले सवैले रुचाउने अपेक्षा गरिकी छुु ।’ तिन गीत र टे«लर हेर्दा दर्शकको साथ पाएको अनुभव गरेको बताउदै सवैलाई सकरात्मक सहयोग गर्न निर्देशक थापाले अनुरोध गरिन् ।उनले कथाले मागे अनुसार युवा र नयाँ कलाकारलाई चलचित्रमा समावेश गरिएको बताइन् । ‘चलचित्र सफल हुन्छ र नाफाको बाटोमा छु, लगाानी सेभ भैसकेको छ ।’

निर्माता सुनिल कुमार थापाले नेपाली चलचित्र क्षेत्रबाट झरना हराउन हुदैन् भनेर निर्देशकको रुपमा ल्याएकोे बताए । ‘झरना हराउन हुदैन भन्नेर निर्देशक बनाएकोे होे ।’ चलचित्र निर्माणाका लागी डेढ करोड रुपैयाँ खर्च भएको र ६० दिनमा चलचित्रकोे छायाङकन सकिएको उनले बताउ । मनाङमा प्रन्ध, पोखरामा पैत्तिस र काठमाडौमा एक साता छायाङकन गरिएकोे छ ।

चलचित्र बारे बोल्दै कलाकार सलिनमान बनियाँले सवैले मेहनत गरेकाले राम्रोे चलचित्र बनेकोे बताउदै दर्शकले मन पराउने अपेक्षा गरे । साम्राज्ञी राज्य लक्ष्मी शाहले झरना थापासंग काम गर्दा सहज भएकोे बताउदै दर्शकले फिल्मको गीत मन पराईसकेकाले चलचित्रलार्ई पनि मनपराउने दावी गरिन् ।

चलचित्रमा सलिनमान बानियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको छ भने सलोन बस्नेत, अम्बर सुवेदी, सुमन पौडेल, अनुभव रेग्मी, बुद्धि तामाङ, विल्सनविक्रम राई लगायतको पनि अभिनय छ ।हरिहर अधिकारीको कथा रहेको छ भने बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मलाई सञ्जय लामाले खिचेका छन् ।