कोमलको पोई पाउने रहर


राजाराम पौडेल,पोखरा- गीत मार्फत पोई खोज्ने क्रम छोडेकी गायिका कोमल ओलीले साच्चिकै पोई खोज्न भने छोडेकी छैनन् । सोमबार पोखराको लामाचौरमा आयोजित तीज महोत्सवमा आफ्नो प्रस्तुती राख्न पुगेकी उनले आफु अझै तन्नेरी भएको बताउदै पोई खोजिदिन आग्रह गरिन् । पोखरामानै नयाँ सम्बन्ध स्थापित गर्ने आफ्नो चाहना रहेको भन्दै त्यो इच्छा पुरा गरिदिन पोखरेली ठिटाहरुलाई आग्रह गरिन् ।

कार्यक्रममा आफ्ना तीज गीत म त नाच्दिन केरे, लास्टै चोटी हो, बबाल भो, पोईला जान पाम् लगायतका गीत गाएर पोखरेली दर्शकलाई जोस्याइन् । ओलीले दर्शक दिर्घामा पुगेर उनीहरुसँग नाच्दै गाउदा माहोल झनै तातिँयो । उनीसँग सँगै नाच्न पाउँदा दर्शक मात्र नभएर आयोजक र अतिथि समेत खुशी थिए । जिन्दगीमा सधै जवानी आइरहेको जस्तो महशुस आफुलाई हुने गरेको भन्न उनले भ्याइन् । कार्यक्रममा चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, राजन कार्की, सरस्वती लामिछाने, मञ्जु बि.क. लगायतका कलाकारको प्रस्तुतीमा समेत दर्शक रमाए ।