शनिबार देखी जुनियर प्रतियोगिता


पोखरा । भदौ ८ र ९ गते सामुदायीक सेवा केन्द्र बैदामको आयोजना नेपाल क्योकुसिन बुदोकाई कराँते संघ कास्की शाखाको संयोजक हुने शनिको लागि सरेको छ । बुधबार पानी परेको र अन्य प्रबिधिक समस्याको कारण प्रतियोगिता सुरु हुन नसेको नेपाल क्योकुसिन बुदोकाई कराँते संघ कास्की शाखाका सचिव सुवास खड्काले जानकारी दिए ।

पाँचौ जिल्ला स्तरिय जुनियर क्योकुसिन बुदोकाई प्रतियोगिता भदौ ८ र ९ गते लेकसाइमा हुने तेकिएको थियो ।

जुनियर खेलाडीबीच हुने प्रतियोगितामा कास्की जिल्लाका विभिन्न विद्यालयका र डोजोका खेलाडी सहभागी हुने छन् ।

कालो पेटी नबाधेका, राष्ट्रिय तथा क्षेत्रीय खेलकुद प्रतियोगितामा पदक नजितेका खेलाडी मात्र सहभागी हुन नपाउने नेपाल क्योकुसिन बुदोकाई कराँते संघ कास्की शाखाका सचिव सुवास खड्काले जानकारी दिए ।

विद्यालय स्तरको खेलाडीलाई मात्र आयोजना गरिएको १ सय २० खेलाडी सहभागी हुने नेपाल क्योकुसिन बुदोकाई कराँते संघ कास्की शाखाका कोषाध्यक्ष सागर गिरीले जानकारी दिए ।

९ वटा तौल समूहमा हुने प्रतियोगिता पुरुष तर्फ २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी र ५० केजी मुनी तौल समूहमा प्रतियोगिता सञ्चालन हुने छ । महिलातर्फ २५ केजी, ३० केजी, ३५ केजी र ४५ केजी मुनीका खेलाडीले भाग लिन पाउने आयोजकले बताएको छ ।