ल हेरौ आजका दैनिक पत्रिकाका फ्रन्टपेज


काठमाडौं – संविधान संशोधन प्रस्तावमाथिको बृहत छलफल संसद्मा आइबार हुँदैछ । आज प्रकाशित अधिकांश पत्रपत्रिकाहरुले संविधान संशोधनबारे लेखेका छन् । पत्रपत्रिकाका अनुसार पक्षमा ३७३ सांसद् देखिएका छन् भने विपक्षमा २२० छन् ।

१२ लाख नयाँ मतदाता थपिएको विषयलाई पनि आज पत्रपत्रिकाहरुले लेखेका छन् । गत साउन १ गतेदेखि निर्वाचन आयोगले मतदाता नामावली संकलन गरेको थियो ।

 

भारतीय बाँधका कारण तराई डुबानमा परेको भन्दै राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो भारत भ्रमणमा यो विषय उठाउन आग्रह गरेकी छन् । आजका पत्रपत्रिकाहरुले यो विषयलाई पनि स्थान दिएका छन् ।