पोखरा फोटोग्राफर संघको ३६ औ साधारण सभा सम्पन्न, फोटोग्राफी पुरस्कार रानालाई


पोखरा – पोखरा फोटोग्राफर संघको ३६ औ साधारणसभा तथा बिश्व फोटाग्राफी दिवसको अवसरमा रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार बितरण गरियो । सो पुरस्कार पोखराकी महिला फोटोग्राफर रमा रानालाई प्रदान गरिएको ।

प्रत्येक २ बर्षमा प्रदान सो पुरस्कारको रासी ११ हजार १ सय ११ रुपैया ताम्रपत्र र दोसल्ला रहेको छ । पोखरा फोटोग्राफर संघका संरक्षक गणेश छवीको परिवारले १ लाख रुपैयाको अक्षकोष स्थापना गरी सो रकमको ब्याज बाट पुरस्कार बितरण गरिदै आएको छ । यस अघि सो पुरस्कार बाट पोखराका अग्रज फोटोग्राफर बिश्व शाक्य र नारायण बाटाजु सम्मानित भैसकेका छन ।

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले सो पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा नया तथा आजिवन सदस्यहरुलाई सन्मान साथै भरखर मात्र सम्पन्न भएको राष्ट्यि फोटोपत्रकार समूहकास्कीका पदाधिकारी हरुलाई सन्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत तथा संस्था र पुरस्कारको बारेमा प्रथम उपाध्यक्ष रविनाथ दाहालले बोलेका थिए । पुरस्कृत ब्यक्तित्वको बारेमा कार्यक्रम संयोजक जनक राज तिवारीले प्रकास पारेका थिए । कार्यक्रममा पोखरा फोटोग्राफर संघकी महिला उपससमिति संयोज ईन्दिरा शर्मा , सल्लाहकार संयोजक जयन्द्र्रकुमार राजभण्डारी , पोखरा उधोग बाणिज्य संघका कार्यसमिती सदस्य डि . बि भुजेल ,कैलास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेल लगायतले बोलेका थिए । कार्यक्रम संचालन संस्थाका सचिव परशुराम शर्माले संचालन गर्नुभएको थियो भने सभापतित्व संघका अध्यक्ष तुलसी राम सुवेदीले गर्नु भएको थियो ।

कार्यक्रममा अन्पुर्ण आत्मनिर्भर बाल आश्रम लामाचौरका आश्रित बालबाकिाहरुलाई स्टेसनरी सामान र पोसाक सहयोग प्रदान गरिएको थियो । फोटोग्राफर महिला उप समितीले प्रत्येक बर्षको तिजको अवसरमा यस प्रकारका सहयोग बितरण कार्यक्रम गर्दै आईरहेको छ ।

आज बिश्व फोटाग्राफी दिवस परेको हुंदा सोको अवसरमा बिहान बिरौटाचोक बाट प्रभातफेरी कार्यक्रम सुरु गरि नेपाल पर्यटनबोडको परिसरमा पुगेर समापन भएको थियो ।